संसद विघटन गरेपछि आज पहिलो पटक राष्ट्रिय सभा बैठकमा ओलीले सम्बोधन गर्ने • Nepal's Trusted Digital Newspaperसंसद विघटन गरेपछि आज पहिलो पटक राष्ट्रिय सभा बैठकमा ओलीले सम्बोधन गर्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • संसद विघटन गरेपछि आज पहिलो पटक राष्ट्रिय सभा बैठकमा ओलीले सम्बोधन गर्ने

संसद विघटन गरेपछि आज पहिलो पटक राष्ट्रिय सभा बैठकमा ओलीले सम्बोधन गर्ने

  • आइतवार, पुस २६, २०७७
संसद विघटन गरेपछि आज पहिलो पटक राष्ट्रिय सभा बैठकमा ओलीले सम्बोधन गर्ने

काठमाडौँ, २६ पुस। संसद विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज पहिलो पटक राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्नुहुनेभएकाे छ ।

आज दिउँसो बस्ने राष्ट्रिय सभाको बैठकमा ओली आफु आउने जानकारी दिएपछि बैठकको सम्बोधन पनि ओलीले गर्ने भएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिनुभयाे ।

आज दिउँसो १ बजे ओलीले बैठकको सम्बोधन गर्नुहुनेभएकाे छ । पछिल्ला राजनीतिक घटना क्रमको बारेमा ओलीले आज बैठकमा छलफल गर्ने बुझिएको छ ।

पछिल्लो समय नेकपा विभाजन पार्टी विभाजन भएर ओली समूह र प्रचण्ड नेपाल समूह भएपछि ओलीले संसद विपघटन गरेर चुनावको मिति समेत घोषणा गर्नुभएकाे छ ।

लगातार रुपमा राष्ट्रिय सभाको बैठकले संसद विघटन असंवैधानिक भएको भन्दै विरोध भइरहेको यो समयमा ओलीले आज बैठकको सम्बोधन गर्नुहुनेभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका