सहायक स्तरका कर्मचारीहरुको तालिम सहजीकरण गर्न प्रमुख सूचना आयुक्त बास्कोटा पोखरामा • Nepal's Trusted Digital Newspaperसहायक स्तरका कर्मचारीहरुको तालिम सहजीकरण गर्न प्रमुख सूचना आयुक्त बास्कोटा पोखरामा • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • सहायक स्तरका कर्मचारीहरुको तालिम सहजीकरण गर्न प्रमुख सूचना आयुक्त बास्कोटा पोखरामा

सहायक स्तरका कर्मचारीहरुको तालिम सहजीकरण गर्न प्रमुख सूचना आयुक्त बास्कोटा पोखरामा

  • आइतवार, पुस २६, २०७७
सहायक स्तरका कर्मचारीहरुको तालिम सहजीकरण गर्न प्रमुख सूचना आयुक्त बास्कोटा पोखरामा

पोखरा, २६  पुस  । गण्डकी प्रदेश प्रशिक्षण प्रतिस्ष्ठान पोखराको आयोजनामा गण्डकी प्रदेशभित्रका संघ, प्रदेश र स्थानिय तहमा कार्यरत सहायक स्तरका कर्मचारीहरुको लागि ३५ दिने सेवाकालिन तालिम संचालन भईरहेको छ ।

137527813 169944548216805 4355582372549215207 n

पुस २२ देखि शुरु भएको सो कार्यक्रमको गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले उद्घाटन गर्नुभएको थियो ।
उक्त सेवाकालिन तालिममा बित्तिय संघियता, बित्तिय जोखिम न्युनिकरण, सूचनाको हक र सकरात्मक सोचको बिकास जस्ता बिषयमा दुई दिन सम्म पोखरामा रहेर पुर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सहजिकरण गर्नुहुने कार्यलयका प्रशिक्षण तथा अनुसन्धान अधिकृत टापेन्द्र रिजालले जानकारी दिनुभयो ।

सोहि कार्यक्रम को सहजिकरणका निम्ति आज (शनिबार)कृष्णहरि बास्कोटा पोखरा आइसक्नुभएको छ । सो तालिममा प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेको अध्यक्षतामा सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत ६० जना सहायक स्तरका कर्मचारीहरुले प्रशिक्षण लिईरहेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका