लायन्स गतिशिल मञ्जरीको विद्यालयलाइ न्यानो कपडा सहयोग | Samacharpati लायन्स गतिशिल मञ्जरीको विद्यालयलाइ न्यानो कपडा सहयोग – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • लायन्स गतिशिल मञ्जरीको विद्यालयलाइ न्यानो कपडा सहयोग

लायन्स गतिशिल मञ्जरीको विद्यालयलाइ न्यानो कपडा सहयोग

लायन्स गतिशिल मञ्जरीको विद्यालयलाइ  न्यानो कपडा सहयोग

पोखरा, २५ पुस । लायन्स क्लब अफ गतिशिल मञ्जरीले अकला आधारभूत विद्यालयमा न्यानो कपडा वितरण कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

पोखरा १९ लामाचौरस्थित विद्यालयका ३० विद्यार्थीलाई न्यानो कपडा वितरण गर्दै को चिफ एड्भाइजर विनोद ढुङ्गानाले ग्रामीण भेगका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लायन्स गतिशिल मन्जरीले गरेको कार्यक्रमको स्वागत र समर्थन गर्दै प्रशंसा गर्नुभयो ।

अर्का को चिफ एड्भाइजर सुचित्रा थापाले लायन्स आफैमा सामाजिक संस्था भएको र यस्ता विद्यालयमा सहयोगको हात बढाउनु आफैमा प्रशंसनीय भएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक सीता काफ्लेले विद्यालय पोखरा महानगरपालिकामा भएपनि ग्रामीण क्षेत्रको विद्यालय भएको र यहाँ अध्ययनरत विद्यार्थीहरुका निम्ति लायन्स क्लबले सहयोगका हात बढाएर आएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा क्लष्टर प्रमुख सुरेन्द्रमान सिंह भण्डारी, जोन चियर पर्सन भागिरथी सुवेदी, कमिटि चियरपर्सन चन्द्रकला सुवेदी, पुनम राणा बस्नेत, रिजन चियरपर्सन विष्णु पराजुली, लगायतका वक्ताहरुले आ आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

लायन्स क्लब अफ गतिशिल मञ्जरीका अध्यक्ष तथा कार्यक्रमका सभापति सुनिता देवकोटाले नवप्रवेशी सदस्य विष्णु पराजुली, विनिता कोइराला र गिता बराललाई क्लबमा स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ गतिशिल मञ्जरीका सदस्य तथा विद्यालयका शिक्षक लगायतका विभिन्न व्यक्तित्वहरुको यपस्थिति रहेको थियो ।

आजको ट्रेन्डिङ समाचार