फलफूल तथा तरकारी अनुसन्धानमूलक सिकाई केन्द्रको स्थापना गर्न सरसफाई | Samacharpati फलफूल तथा तरकारी अनुसन्धानमूलक सिकाई केन्द्रको स्थापना गर्न सरसफाई – Samacharpati
Samacharpati
आइतवार, कार्तिक ७, २०७८
  • होमपेज
  • फलफूल तथा तरकारी अनुसन्धानमूलक सिकाई केन्द्रको स्थापना गर्न सरसफाई

फलफूल तथा तरकारी अनुसन्धानमूलक सिकाई केन्द्रको स्थापना गर्न सरसफाई

फलफूल तथा तरकारी अनुसन्धानमूलक सिकाई केन्द्रको स्थापना गर्न सरसफाई

पोखरा, १० माघ । पोखरा २० भलाममा रहेको महेन्द्र मा.वि. भलामले फलफूल तथा तरकारी अनुसन्धानमूलक सिकाई केन्द्रको स्थापना गर्नको लागि स्कूल मातहतमा रहेको जग्गा व्यवस्थापन तथा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको आर्थिक सहयोग, भगवती दल गण फूलबारी व्यारेक पोखराको श्रमदान तथा एनसिसि अल्मुनाई एशोसिएशन नेपाल गण्डकी प्रदेश, स्थानीय आमा समूह, युृवा क्लव, टोल विकास संस्था लगायतको उपस्थितिमा करिब १९ रोपनी जग्गामा रहेको बोटविरुवा फाड्ने कामको शुरुवात गरेको पोखरा महानगरपालिका २० का अध्यक्ष सिम गुरुङले बताउनुभयो ।

फलफूल तथा तरकारी अनुसन्धानमूलक सिकाई केन्द्रको स्थापना गर्नको लागि जग्गालाई तारबार गरि अध्ययनका लागि तयार पार्न सुरु गरिएको विद्यालयका प्रधानध्यपक बोधराज पौडेलले बताउनुभयो ।

पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको आर्थिक सहयोगमा यो ठाउँलाई तारबार गरि व्यवहारीक शिक्षाका लागि आफुहरुले महेन्द्र मावि र यो ठाउँ रोजेको महानगरपालिकाका कृषि शाखा प्रमुख मनहर कडरियाले बताउनुभयो ।

करिब १९ रोपनी जग्गामा रहेको बोटविरुवा फाडेर कृषिको लागि योग्ग बनाउन कामको शुरुवात गरेको हो । सुविधासम्पन्न आवासहितको बहुप्राविधिक विद्यालयसँगै फलफूल तथा तरकारी अनुसन्धानमूलक सिकाई केन्द्र बनाउन यो सरसफाई अभियान आफ्नो उद्देश्यको पहिलो खुडकिलो बन्ने स्कूलका अध्यक्ष शुसिल बस्नेतले बताउनुभयो ।

कार्यक्रममा एनसीसीका क्याडेट सहित पुग्नुभएकी एनसिनी आल्मुनाई गण्डकीका निर्देशक उर्मिला श्रेष्ठले सामाजिक काममा एनसीसीले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । पोखरा २० भलामको महेन्द्र माविमा कक्षा ९ देखि १२ सम्म कृषि विषय बढाई हुदै आएको छ । अहिले यो विद्यालयमा कास्की बाहेक अन्य जिल्लाबाट पनि कृषि पढ्न आउने गरेका छन् ।

महानगरपालिकाको सहयोगमा व्यवहारिक शिक्षाको लागि भएको यस पहलले कृषि पढ्ने र यो पेशा व्यवसायमा लाग्नेहरुलाई महत्वपुर्ण हुने विश्वास लिइएको छ ।

आजको ट्रेन्डिङ समाचार