मादीमा नेलम्बोद्वारा तिन लाख बराबरकाे स्वास्थ्य सामग्रीहरु सहयोग • Nepal's Trusted Digital Newspaperमादीमा नेलम्बोद्वारा तिन लाख बराबरकाे स्वास्थ्य सामग्रीहरु सहयोग • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मादीमा नेलम्बोद्वारा तिन लाख बराबरकाे स्वास्थ्य सामग्रीहरु सहयोग

मादीमा नेलम्बोद्वारा तिन लाख बराबरकाे स्वास्थ्य सामग्रीहरु सहयोग

  • शनिबार, पुस २५, २०७७
मादीमा नेलम्बोद्वारा तिन लाख बराबरकाे स्वास्थ्य सामग्रीहरु सहयोग

श्रीभद्र पौडेल, पोखरा, २५ पुस। पोखरा–४, गैहपाटन स्थित नेलम्बो नेपालले शुक्रवार एक कार्यक्रमका बीच मादी गाउँपालिका स्थित सम्पूर्ण विद्यालय र गाउँपालिका कार्यालयलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरेको छ ।

संस्थाले त्यहाँ स्थित कुल ५० विद्यालय र गाउँपालिकालाई गरी एकमुष्ठ रु.तिन लाख ३९ हजार ६ सय २७ वरावरका सामग्री प्रदान गरेको हो।

20210108 124404 scaled

त्यस अवसरमा ज्वरो नाप्ने थर्मल गन, विभिन्न प्रकारका माक्स, फेस सिल्ड, सेनिटाइजर, सावुन लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको थियो।

कार्यक्रममा भनाई राख्दै गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ श्यामले नेलम्बो नेपालले कोरोना भाइरस संक्रमणको विषम परिस्थतीमा महत्वपूर्ण सहयोग गरेको जनाउँदै आभार प्रकट गर्नुभयाे ।

अध्यक्ष गुरुङले नेलम्बाले गर्दै आएका शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रका गतिविधिमा गाउँपालिका सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयाे । हस्तान्तरीत सामग्रीको सदुपयोग हुने विश्वास समेत उहाँले दिलाउनुभयाे।

20210108 123431 scaled

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले संस्थाले सामाजिक कार्यहरुलाई निरन्तरता दिर्दै आएको चर्चा गर्दै त्यसको मूल्याङकन जनताले गर्ने औँल्याउनुभयाे।

नेपाली संस्कारको महत्व माथि प्रकाश पादै अध्यक्ष देवकोटाले कोरोना भाइरसको संक्रमणकालीन अवस्थामा त्यस्तो संस्कारको महत्व जीवन्त बनेको औल्याउनुभयाे ।

समाज कल्याण परिषद् मार्फत कास्कीका ४ वटै गाउँपालिका र पोखरा महानगरपालिकाका ३ वडामा संस्थाका क्रियाकलाप गर्न पाउने गरी स्वीकृतिको तयारी अन्तिम चरणमा पुगेको पनि उहाँले जनाउनुभयाे ।

20210108 123209 scaled

सो अवसरमा संस्थाका जनसम्पर्क सुपरीवेक्षक भीमप्रसाद भण्डारीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै सामग्रीको विवरण प्रस्तुत गर्नुभएकाे थियाे । त्यस्तै स्वास्थ्य प्रर्वद्घन अधिकृत निर्मला देवकोटाले सामग्री प्रयोगको विधि बारेमा प्रस्तुति राख्नुभएकाे थियाे।

कार्यक्रमका बीच राष्ट्रज्वोती मावि सैमराङका प्रधानाध्यापक सुमना सुवेदीले सामग्री प्राप्त भएसँगै विद्यार्थीको पठनपाठनमा सहजता आउने भनाई राख्नुभयाे।

संस्थाले कोरोना संक्रमणलाई मध्येजनर गर्दै स्वास्थ्य सुरक्षाका सामग्री, खाध्य सामग्री र सचेतना मूलक पाठ्य सामग्री वितरण गर्दै आएको छ।

जसअन्र्तगत आइतवार रुपा गाउँपालिकामा कार्यक्रम हुँदैछ । हालसम्म रु.९० लाख बढीको सामग्री वितरण गरेको पनि संस्थाले भनेको छ ।

गाउँपालिका अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम शिक्षा अधिकृत सम्झना पोख्रेलले संचालन गर्नुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका