अदालतमा बिचाराधिन संसद बिघटनको विषयमा कसैले पनि दबाव र प्रभाव नपारौंःअध्यक्ष थापा • Nepal's Trusted Digital Newspaperअदालतमा बिचाराधिन संसद बिघटनको विषयमा कसैले पनि दबाव र प्रभाव नपारौंःअध्यक्ष थापा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अदालतमा बिचाराधिन संसद बिघटनको विषयमा कसैले पनि दबाव र प्रभाव नपारौंःअध्यक्ष थापा

अदालतमा बिचाराधिन संसद बिघटनको विषयमा कसैले पनि दबाव र प्रभाव नपारौंःअध्यक्ष थापा

  • शनिबार, पुस २५, २०७७
अदालतमा बिचाराधिन संसद बिघटनको विषयमा कसैले पनि दबाव र प्रभाव नपारौंःअध्यक्ष थापा

काठमाडौं, २५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले संसदमा बिचाराधिन संसद विघटनको बिषयमा कसैले पनि दबाव वा प्रभाव पार्न नहुनेका जोड दिनुभएकाे छ ।

सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले यस्तो बताउनुभएकाे हाे । थापाले संविधान कार्यान्वयनमा देखिएका विवाद र अस्पष्टताको निरूपण गर्ने अधिकार सर्वोच्च अदालतको भएको भन्दै उक्त कुरामा जोड दिनुभएकाे छ ।

साथै उहाँले प्रतिनिधिसभा विघटन सम्वन्धि संवैधानिक प्रावधानमा केही अस्पष्टता रहेको र सो अस्पष्टता हटाउन सर्वोच्चले व्याख्या गर्नुपर्ने अवस्था भएको बताउनुभएकाे छ ।

त्यसैले अदालतमा विचाराधिन विषयमा दवाव र प्रभाव पार्ने काम कतैबाट हुनु नहुंनुपर्नेमा अध्यक्ष थपाले जोड दिनुभएकाे छ ।

उहाँको ट्वीटः संविधान कार्यान्वयनमा देखिएका विवादरअस्पष्टताको निरूपण गर्ने अधिकार सर्वोच्च अदालतको हो । प्रतिनिधिसभा विघटन सम्वन्धि संवैधानिक प्रावधानमा केही अस्पष्टता छ ।

सो अस्पष्टता हटाउन सर्वोच्चले व्याख्या गर्नुपर्ने अवस्था छ । अदालतमा विचाराधिन विषयमा दवावरप्रभाव पार्ने काम कतैबाट हुनु हुंदैन ।

IMG 20210109 075347

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका