२९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पोखरामा भब्यताका साथ मनाईदै | Samacharpati २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पोखरामा भब्यताका साथ मनाईदै – Samacharpati
Samacharpati
आइतवार, कार्तिक ७, २०७८
  • होमपेज
  • २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पोखरामा भब्यताका साथ मनाईदै

२९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पोखरामा भब्यताका साथ मनाईदै

२९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पोखरामा भब्यताका साथ मनाईदै

पोखरा,२४ पौष ।
पौष २७ गते २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर भब्यताका साथ मनाईदैछ ।

श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह विजेता मात्र नभई कुशल राजनितिज्ञ पनि हुन जसले सानातिना राज्यहरु विलय गराएर सिंगो देश नेपाल निर्माण गरे । आधुनिक नेपालको संरचना, सपना, साकारोक्ति अनि गोर्खाली बीर सिद्धान्तका प्रतिपादक यिनै महान राजालाई मानिन्छ । यसै अवसर पारी विश्व हिन्दु महासंघले पोखरामा पनि त्रिद्धिवसीय कार्यक्रमहरु आयोजना गरेको छ । कार्यक्रमहरुमा भोली विश्व हिन्दु महासङघको कार्यलय नयाँबजारमा ११ वजे दिव्योपदेश र पुस्तकको परिचर्चा , २६ गते ११ बजे बिहान कार्यलयमै कविता प्रतियोगिता र २७ गते सोही समयमा चिप्लेढुङ्गा बाट शोभायात्रा शुरु भई पृथ्वी चोकमा गई कोण सभा गर्ने आज भएको पत्रकार सम्मेलनमा बताईएको छ ।

पत्रकार सम्मेलनमा केही साथीहरुले देशमा शान्तीको आवाश्यकता शक्ति प्रदर्शन गरी चोकवाट पृथ्वी नारायणको शालिक रातारात हटाईयो यसलाइ कसरी विश्लेषण गरिएको छ त ? भन्ने प्रश्नमा संघले यो निकै निन्दनिय विषय भएको साथै पृथ्वीचोक नामनै सवैको मुखमा झुण्डिएकाले त्यहा शाह कै शालिक राखेरै छोड्ने बताएको छ । कार्यक्रममा स्वागत मन्तब्य पत्रकार दुर्गा अधिकारीले दिनुभएको थियो भने कार्यक्रमका बारेमा विश्व हिन्दु महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष शंकर खरालले स्पष्ट पार्नुभएको थियो ।

आजको ट्रेन्डिङ समाचार