वीरेन्द्रनगरका एक सय छाडा चौपाया हुम्ला खार्पुनाथको कृषि फार्ममा • Nepal's Trusted Digital Newspaperवीरेन्द्रनगरका एक सय छाडा चौपाया हुम्ला खार्पुनाथको कृषि फार्ममा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • वीरेन्द्रनगरका एक सय छाडा चौपाया हुम्ला खार्पुनाथको कृषि फार्ममा

वीरेन्द्रनगरका एक सय छाडा चौपाया हुम्ला खार्पुनाथको कृषि फार्ममा

  • शुक्रबार, पुस २४, २०७७
वीरेन्द्रनगरका  एक सय छाडा चौपाया हुम्ला खार्पुनाथको कृषि फार्ममा

कर्णबहादुर रोकाया, हुम्ला, २४ पुस । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सडक, बजार तथा अन्य खुला क्षेत्रमा वेवारिसे अवस्थामा रहेका चौपायाहरुलाई हुम्ला खार्पुनाथ गाउँपालिकाका केही व्यक्तिहरुले आयआर्जनका लागि प्रयोग गर्ने भएका छन् ।

यसबाट निम्नस्तर तथा दलीत परिवारका मान्छेहरुलाई सहयोग पुग्ने भएको छ । पटक पटक सुर्खेत लगायतका नेपालका अन्य स्थानबाट कृषि प्रयोजनका लागि भन्दै यस्ता चौपायाहरुलाई हुम्लामा पुगाइएको विभिन्न तथ्य फेला परेको छ ।

यस अघि पनि यस्ता कामका लागि हुम्लाका विभिन्न गाउँपालिकाहरुका वडा अध्यक्षहरुबाट छाडा पशुवस्तु हुम्लामा ल्याउनका लागि सिफारिश गर्ने गरिएको छ । यस्तै खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भीमबहादुर शाहीले स्थानीय दलीतहरुका लागि सिफारिश गरिएको स्वीकार गरेका छन् ।

उहाँले भन्नुभयाे यसबाट हुम्लाका दलीतहरुको आयस्तरमा वृद्धि हुने आशा गरिएको छ । उनीहरुले यस अघि पनि पटक
पटक यस्तो काम गर्ने जानकारी दिएका छन् । उच्च अदालत वीरेन्द्रनगर सुर्खेतले पनि यस्ता छाडा पशु चौपाया व्यवस्थापनलाई छिटो तह लगाउनका लागि आदेश पनि दिइसकेको छ ।

यसै आदेशलाई कार्यान्वयन गर्नका लागि वीरेन्द्रनगर पालिका सुर्खेतले पहिलो चरणमा हुम्लामा पठाउनका लागि एक सय छाडा पशु चौपाया विशेषतः गाईहरु हुम्ला पठाउन अनुमति दिएको छ ।

खार्पुनाथ गाउँपालिका वडा नं ५ का मोतीराम्या कामीले उक्त गाई हुम्ला ल्याउनका लागि सबै प्रक्रिया पुरा गरेर हिंडाएका छन् । उहाँले नगपालिकालाई आफुले तीन महिनामा हुम्ला खार्पुनाथमा रहेको कृषि फार्ममा एक सय गाई पुगाउने बाचा कबुल गरेको वीरेन्द्रनगर पालिकाका वातावरण तथा अनुगमन उपशाखाका प्रमुख यामलाल गिरीले जानकारी दिनुभयाे ।

पहिलो चरणमा हुम्ला खार्पुनाथमा रहेको कृषि फार्मका लागि एक सय गाई ल्याइएको छ । यो क्रम बढ्दै जाने भएको छ । हुम्लामा एक गाईको दशदेखि २५ हजारसम्म मोल पर्ने भएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका