जागिर लगाइदिने आश्वासन देखाएर भारत लैजादै गरेकाे क्रममा तीन किशोरीको उद्धार | Samacharpati जागिर लगाइदिने आश्वासन देखाएर भारत लैजादै गरेकाे क्रममा तीन किशोरीको उद्धार – Samacharpati
Samacharpati
बिहिबार, अशोज २८, २०७८
  • होमपेज
  • जागिर लगाइदिने आश्वासन देखाएर भारत लैजादै गरेकाे क्रममा तीन किशोरीको उद्धार

जागिर लगाइदिने आश्वासन देखाएर भारत लैजादै गरेकाे क्रममा तीन किशोरीको उद्धार

जागिर लगाइदिने आश्वासन देखाएर भारत लैजादै गरेकाे क्रममा तीन किशोरीको उद्धार

सङ्खुवासभा, २४ पुस । भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो ।

सङ्खुवासभा मकालु गाउँपालिकाका १५÷१६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा सो टोलीले सोधपुछ गरेको थियो ।

उनीहरूलाई जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको खुलेपछि मंगलबार उद्धार गरिएको माइती नेपाल पशुपतिनगरका होम खतिवडाले जानकारी दिनुभयो ।

सङ्खुवासभा घर भई हाल काठमाडौँ बस्दै आएकी लाचेन शेर्पाले ती किशोरीलाई काठमाडौँमा जागिर लगाइदिने आश्वासन दिँदै एक हप्ता काठमाडौँ लगेर राखेको अनुसन्धानका क्रममा खुलेको बताइएको छ ।

शेर्पाले भारतस्थित दार्जिलिङमा काम खोजिदिएको र महिनाको रु नौ हजार तलब हुने जनाउँदै एक व्यक्तिलाई फोन गरेर बोलाएर उनकै साथमा दार्जिलिङ पठाएको सोधपुछका क्रममा खुलेको ढकालको भनाइ छ ।

उद्धार गरिएका तीनै किशोरीको परिवारलाई बोलाएर जिम्मा लगाइएको जनाइएको छ । पछिल्लो समय इलामको सीमावर्ती नाकाबाट मानव बेचबिखन हुने क्रम बढ्दै गएको छ ।

 

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता