बिजुली तार सट भई आगलागी हुँदा चार लाखभन्दा धेरैको क्षति • Nepal's Trusted Digital Newspaperबिजुली तार सट भई आगलागी हुँदा चार लाखभन्दा धेरैको क्षति • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बिजुली तार सट भई आगलागी हुँदा चार लाखभन्दा धेरैको क्षति

बिजुली तार सट भई आगलागी हुँदा चार लाखभन्दा धेरैको क्षति

  • शुक्रबार, पुस २४, २०७७
बिजुली तार सट भई आगलागी हुँदा चार लाखभन्दा धेरैको क्षति

कर्णबहादुर रोकाया, हुम्ला, २४ पुस । खार्पुनाथ गाउँपालिकाको वडा नं ५ मा पर्ने याँचुमा बिजुलीको लाइन सट हुँदा दुई जनाको घरमा आगलागी हुँदा चार लाखभन्दा धेरैको क्षति भएको छ । स्थानीय, गाउँपालिकाका कर्मचारी तथा प्रहरीको पहलमा मानवीय तथा अन्य क्षति हुन पाएन ।

बिहीबार दिउँसो करीब एक बजेतिर बिजुलीको तार सट भएर आगलागी हुँदा याँचुका तुला सुनार र गोरसिंह सुनारको घर तथा पसलमा आगलागी भएको हो । यसबाट चार लाख २० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्ला स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय जो पायो त्यहीलाई घर तथा पसलमा लगिने बिजुलीको बायरिंगमा गुणस्तरी काम नहुँदा यस्तो समस्या आउने गरेको छ ।

विशेषतः ग्रामीण क्षेत्रतिर यस्ता घटनाहरु घट्ने गरेकाले समयमै यसप्रति सचेत हुन नसके यस्ता घटनाहरु घटी रहेको हिल्दुम लघजलविद्युतका नाम उल्लेख नगर्ने शर्तका एक प्राविधिकले जानकारी दिएका छन् ।

गाउँघरतिर बिजुली जथाभावी बाल्ने, मिटर बक्स नराख्ने, स्वीच अफ नगर्ने जस्ता गतिविधिहरुलाई समयमै सचेत हुनु आवश्यक रहेको छ । नत्र बीसौं, सयौ घर जोडिएका गाउँहरुमा यस्ता घटनाहरु घटेमा नियन्त्रण गर्न गाह्रो हुने र धेरै धनजन क्षति हुने खतरा देखिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका