पोखरा ढुङ्गेपाटन स्थित एक व्यक्ति मृत अवस्थामा फेला • Nepal's Trusted Digital Newspaperपोखरा ढुङ्गेपाटन स्थित एक व्यक्ति मृत अवस्थामा फेला • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • पोखरा ढुङ्गेपाटन स्थित एक व्यक्ति मृत अवस्थामा फेला

पोखरा ढुङ्गेपाटन स्थित एक व्यक्ति मृत अवस्थामा फेला

  • बिहिबार, पुस २३, २०७७
पोखरा ढुङ्गेपाटन स्थित एक व्यक्ति मृत अवस्थामा फेला

पाेखरा, २३ पुस । जिल्ला कास्की पोखरा महानगरपालीका-३० ढुङ्गेपाटन स्थित बञ्जारी चौतारा नजिकै टिनले छाएको कटेरो भित्र  एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

मृत भेटिएका व्यक्ति तनहुँ भानु नगरपालिका -३ च्यामवास बस्ने वर्ष ३८ को दिपक गुरुङ रहेका छन् । पोखरा महानगरपालीका ३० ढुङ्गेपाटन स्थित बञ्जारी चौतारा नजिकै मानिस नबस्ने पुरानो घर पछाडी रहेको टिनले छाएको कटेरो भित्र गुरुङ मृत अवस्थामा भेटिएका हुन् ।

मृत अवस्थामा व्यक्ति भेटिएकाे खबर  प्रहरीलाई प्राप्त हुनासाथ प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भइरहेकाे छ ।

कास्की पोखरा महानगरपालिका -१६ लामाचौर गोस्टे स्थित  २५ याम्दी बस्ने वर्ष ७ को सुरेश बि क बाख्रा चराउन जाने क्रममा भिरबाट अचानक लड्न जाँदा घाईते भएका छन् ।

बि क लाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल ल्याईएको छ । टाउकोमा चोट  लागेकाे छ  अवस्था सिरियस रहेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका