१४ करोड नतिर्ने एनसेलको बिजुली काटियो,बागलुङमा जीप दुर्घटना एकको मृत्यु,लुम्बिनीका सांसदले बुझे ३१ लाख भत्ता | Samacharpati १४ करोड नतिर्ने एनसेलको बिजुली काटियो,बागलुङमा जीप दुर्घटना एकको मृत्यु,लुम्बिनीका सांसदले बुझे ३१ लाख भत्ता – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २२, २०७८
  • होमपेज
  • १४ करोड नतिर्ने एनसेलको बिजुली काटियो,बागलुङमा जीप दुर्घटना एकको मृत्यु,लुम्बिनीका सांसदले बुझे ३१ लाख भत्ता

१४ करोड नतिर्ने एनसेलको बिजुली काटियो,बागलुङमा जीप दुर्घटना एकको मृत्यु,लुम्बिनीका सांसदले बुझे ३१ लाख भत्ता

१४ करोड नतिर्ने एनसेलको बिजुली काटियो,बागलुङमा जीप दुर्घटना एकको मृत्यु,लुम्बिनीका सांसदले बुझे ३१ लाख भत्ता

पोखरा,२३,पुष । नेपाली काँगे्रसले पोखरामा विशाल विरोध प्रदर्शन गर्ने भएको छ । “ जुटौ संसद विघटनको असंवैधानिक कदमको विरुद्धमा , ,उठौँ लोकतान्त्रिक संविधान रक्षाको पक्षमा ” भन्ने मूलनाराका साथ विशाल प्रदर्शन हुदैछ भने प्रर्दशन पौष २५गते, विहान ११ बजे, औद्योगिक क्षेत्रमबाट शुरु भई अमरसिंहमा गई कोणसभा गरी समापन हुनेछ । सम्पुर्ण लोकतन्त्रमा आस्थावान ब्यक्तिहरु प्रर्दशनमा आईदिन नेपाली काँग्रेस प्रदेश सभा समिति क्षेत्र नं १ कास्कीले अनुरोध गरेको छ ।

दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको पोखरा लेखनाथस्थित डाटा सेन्टरको विद्युत काटिएको छ । झन्डै १४ करोड रुपैयाँ बिजुली महसुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले एनसेलको लेखनाथस्थित डाटा सेन्टरको लाइन काटेको हो ।२०६९ सालदेखि छुट हुन गएको महसुल भनेर प्राधिकरणले झन्डै १४ करोड रुपैयाँ तिर्न भनी ३५ दिने पत्राचार गरेको थियो ।प्राधिकरणले गरेको उक्त पत्राचारपछि त्यति पैसा नबुझाए बिजुली काटिने सम्भावना रहेको भन्दै एनसेलले बिजुली नकाटिने प्रबन्धका लागि अन्तरकालीन आदेश मागसहित जिल्ला अदालत कास्कीमा मंसिर अन्तिम साता मुद्दा दायर गरेको थियो । तर अदालतले अन्तरकारलीन आदेश जारी गरेको थिएन ।१४ पुसमा अदालतले अन्तरकालीन आदेश गर्नु नपर्ने आदेश गरेको थियो । तर प्राधिकरणको लेखनाथ तालचोकस्थित वितरण केन्द्रले पुस १९ गते एनसेलको विद्युत लाइन काटेको छ ।अहिलेसम्म आफूहरुले नियमित विद्युत महसुल तिर्दै आएकोमा एक्कासि जडान मिति २०६९ साल भदौ २३ गतेदेखि नै छुट भएछ भनी १३ करोड ८० लाख १७ हजार रुपैयाँ माग गरेको एनसेलले जनाएको छ । प्राधिकरणले पुरानो प्रविधिमा आधारित मिटर उत्तम प्रविधियुक्त मिटरले विस्थापित गर्दै जाने कार्यक्रम अनुसार एनसेलमा पनि नयाँ मिटर जडान गरेको उल्लेख गरेको छ ।पुरानो प्रविधिको एबिबी मिटर हटाई राइसेसन मिटर राख्दा एनसेलको विद्युत खपतको अंकमा भिन्नता देखिएपछि पुल्चोक क्याम्पसमा कार्यरत स्वतन्त्र इन्जिनियरहरूसहितको प्राविधिक टोलीले अध्ययन गरेको पनि विद्युत प्राधिकरणको भनाइ छ । अत्याधुनिक मिटरबाट डाटा डाउनलोड गरी विस्तृत विश्लेषण गर्दा विद्युत महसुल छुट हुन गएको प्रमाणित भएको प्राधिकरणको दाबी छ ।डाटा सेन्टर काठमाडौं र पोखरामा मात्रै छ । प्राधिकरणको बिजुली काटिएपछि अहिले डिजेलबाट जेनेरेटर चलाई सेवा चालु राखिएको एनसेलका अधिकारीहरुले जनाएका छन् ।(ताण्डव )

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।दुर्घटनामा घाइते हुनेहरुमा निसीखोला–३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला विक, एक वर्षीय सुवास विक, २४ वर्षीया मनि विक, २१ वर्षीया रतना सुनार, छ वर्षीय योजन विक र रुपन्देही देवी नगरका पाँच वर्षीय सत्य लोहार रहेको भण्डारीले बताउनुभयो । कुलपूजाका लागि बाहुन गाउँ आएका उनीहरु घर फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते सातै जनालाई उद्दार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएको छ ।

कोरोना भाइरस संक्रमणको महामारीले देश आर्थिक रूपमा थला परेका बेलामा पनि लुम्बिनी प्रदेश सभाका पदाधिकारी र सदस्यले ३१ लाख रुपैयाँभन्दा बढी भत्ता र यातायात खर्च बुझेका छन् ।सभाका १६ जना पदाधिकारी र ६५ जना सदस्यले २०७६ चैतदेखि २०७७ असोजसम्म ३१ लाख ३० हजार रुपैयाँ बैठक भत्ता र यातायात खर्च बुझेका हुन् । यो अवधिमा प्रदेशसभा सचिवालयले पदाधिकारी र सदस्यको पारिश्रमिक तथा सुविधा, सदन बैठक, समितिका बैठकमा गरी ४ करोड ४६ लाख ९४ हजार ८८३ रुपैयाँ खर्चिएको छ । प्रदेश सरकारले स्थापना गरेको कोभिड–१९ नियन्त्रण तथा उपचार कोषमा सभामुख पूर्णबहादुर घर्ती र उपसभामुख कृष्णी थारुले १ महिनाको मासिक पारिश्रमिक र अन्य सदस्यले १५ दिनको पारिश्रमिक राख्नुबाहेक सेवासुविधा कुनै हिच्किचाहट विना नै बुझेका छन् ।(लोकान्तर)

संसारका विभिन्न देशमा आफूलाई मन नपरेका शासनविरुद्ध कू गराउने अमेरिकाले आफ्नै संसद् भवनमा आक्रमण भएको दिन देख्नुपरेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले बुधवार संसद् भवनमा प्रवेश गरेर तोडफोड मच्चाउँदा सांसदहरू सुरक्षाका लागि लुक्न बाध्य भए । जो बाइडनलाई राष्ट्रपति बनाउनका लागि संसद्ले प्रमाणीकरण गरिरहेको बेलामा ट्रम्पका उग्रसमर्थकहरूले लोकतन्त्रको खिल्ली उडाउँदै भवनमा आक्रमण गरेका हुन् । अमेरिका आफूलाई विश्वका लागि लोकतन्त्रको नमूनाका रूपमा प्रस्तुत गर्छ । तर उसको यस दाबीमा शंका गर्नेहरूको संख्या बढिरहेको छ । अब यो घटनापछि त झन् अमेरिकाले आफूलाई लोकतन्त्रको मसिहा भन्न पनि नसुहाउने भएको छ । एक निर्वाचित शासकले अर्का निर्वाचित शासकलाई शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्न यसरी अस्वीकार गर्नु अनि समर्थकहरूलाई हिंसाका लागि उक्साउनुलाई स्पष्ट रूपमा कूको प्रयास भन्नुपर्ने हुन्छ । राष्ट्रपति आफैंले समर्थकहरूलाई हिंसा मच्चाउन निर्देशन दिएका हुन् । उनीहरूले गरेको हिंसा रोक्नका लागि सुरक्षाकर्मीलाई उपराष्ट्रपति माइक पेन्सले आदेश दिएका थिए । पेन्सले ट्रम्प समर्थकहरूलाई तिमीहरू हारिसक्यौ, स्वीकार गर भनी थर्काएको दृश्य पनि हेर्न लायकको रह्यो । अमेरिकाको छवि उकास्ने जिम्मेवारी पाएर विभिन्न देशमा खटिएका कूटनीतिकर्मीहरूको शिर लज्जाले झुकिरहेको हुनुपर्छ । लोकतन्त्र प्रवर्द्धन गर्नका लागि अमेरिकाले गरिरहेको प्रयासलाई यस घटनाले नराम्ररी अवमूल्यन गरिदिएको छ । अर्थात् अमेरिकाको सफ्ट पावरमा यसले ठूलै धक्का दिएको छ । ट्रम्पका समर्थकहरू यसलाई क्रान्ति भनी व्याख्या गरिरहेका छन् । उनीहरूले क्रान्ति भने पनि यो वास्तवमा राज्यविप्लवको प्रयास हो । (अन्नपुर्ण)

आजको ट्रेन्डिङ समाचार