गण्डकी प्रदेशका ३ जिल्लाबाट थपिए २९ काेराेना संक्रमित • Nepal's Trusted Digital Newspaperगण्डकी प्रदेशका ३ जिल्लाबाट थपिए २९ काेराेना संक्रमित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गण्डकी प्रदेशका ३ जिल्लाबाट थपिए २९ काेराेना संक्रमित

गण्डकी प्रदेशका ३ जिल्लाबाट थपिए २९ काेराेना संक्रमित

  • बिहिबार, पुस २३, २०७७
गण्डकी प्रदेशका ३ जिल्लाबाट थपिए २९ काेराेना संक्रमित

पाेखरा, २३ पुस । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १४८७६ पुगेकाे छ । लाइफ केयर डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षणमा २० जना काेराेना संक्रमित थपिएका छन् ।

थपिने काेराेना संक्रमित बाग्लुङका १ जना, पाेखरा महानगरपालिकाका १९ जना गरि २० जना रहेका छन् ।

सबै संक्रमित लाइफ केयर डायग्नाेस्टिक प्रा लि पाेखरा मार्फत पहिचान भएका हुन् ।

क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा ९ जना काेराेना संक्रमित थपिएका छन् । थपिने काेराेना संक्रमित लमजुङका १ जना, बाग्लुङका १ जना, कास्कीका ७ जना गरि ९ जना रहेका छन् ।

सबै संक्रमित कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् । थपिने संक्रमित सबैलाइ आइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भएकाे छ ।

covid 1 1

covid2 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका