निर्वाचन गराउन सबै नेताहरु उचालिदै ,आयोगले सूर्य चिन्ह ओली समूहलाई नै दिने पोखरेलको ठोकुवा • Nepal's Trusted Digital Newspaperनिर्वाचन गराउन सबै नेताहरु उचालिदै ,आयोगले सूर्य चिन्ह ओली समूहलाई नै दिने पोखरेलको ठोकुवा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • निर्वाचन गराउन सबै नेताहरु उचालिदै ,आयोगले सूर्य चिन्ह ओली समूहलाई नै दिने पोखरेलको ठोकुवा

निर्वाचन गराउन सबै नेताहरु उचालिदै ,आयोगले सूर्य चिन्ह ओली समूहलाई नै दिने पोखरेलको ठोकुवा

  • बुधबार, पुस २२, २०७७
निर्वाचन गराउन सबै नेताहरु उचालिदै ,आयोगले सूर्य चिन्ह ओली समूहलाई नै दिने पोखरेलको ठोकुवा

सिन्धुली,२२ पुष ।
उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकाले निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा आज नेकपा ओली समूहका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले निर्वाचनको तयारी सरकारले गरी रहेको बताउनुभयो ।

नेता पोखरेलेले नेकपा आधिकारिक रुपमा विभाजन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक पार्टी भएको दावी गर्नुभयो ।उहाँले निर्वाचन आयोगले सूर्य चिन्ह ओली समूहलाई नै दिने समेत बताउनुभयो । उहाँले निर्वाचनले नै लोकतन्त्र बलियो हुने र मतदाताको अभिमतको सुनिश्चितता हुने भएकाले आजैबाट निर्वाचनको तयारी थाल्न पनि आग्रह गर्नुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका