धरान, २२ पुस । गायक जन्तरे मामाको रुपमा भाईरल भएका अमित कुमार राईको घर निर्माणको लागि सहयोगार्थ रकम हङकङ पाँचथर मंचका पुर्ब सचिव भुपेन्द्र योङया साक्थिम र पुर्ब अध्यक्ष टिका माखिम फुङ्लेपद्वयबाट एक लाख सतहतर हजार सत्र रुपैंया हस्तान्तरण गरिएको छ ।
हङकङ पाँचथर मंच का सल्लाहकार प्रताप कोयु राईको सक्रीयता र संयोजकत्वमा दमक स्थित चारकोल रेस्टुरेन्टमा आयोजित एक कार्यक्रम बीच भाइरल गायक जन्तरे मामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो।
रकम हस्तान्तरण पछि जन्तरे मामाले केहि गीतहरु पस्किएर स्थानिय आधा दर्जन कलाकारहरुका साथमा मनरन्जन दिलाउनुभएकाे थियाे ।
जन्तरे मामाको घर निर्माणको लागि गठित समितिले चांडै नै अन्य रकमको जोहो गरेर घर निर्माण थालिने हङकङ पाँचथर मंच भुपु स सचिव तथा गायक साक्थिम योङयाले बताउनुभयाे।
स्वर सम्राट नारायण गोपालको गीत हुबहु गाउने गायक जन्तरे मामा भनेर मिडिया तथा सोसल मिडियामा भाईरल भएपछि उहाँको एकल तथा चर्चित गायिका हरु मेलिना राई , एलिना चौहानसंग युगल गीतहरु पनि रेकर्ड गरिएको थियो।
आर्थिक अवस्था कम्जोर रहेका गायक जन्तरे मामाको घर नभाको कुरा आएपछि हङकङ पाँचथर मंचले रकम संकलन गरि पठाएको हो।