कुलमानजीले बिजुलीको तार अण्डर ग्राउण्ड गर्ने काम गरेर गलत गर्नुभयो- ऊर्जामन्त्री रायमाझी • Nepal's Trusted Digital Newspaperकुलमानजीले बिजुलीको तार अण्डर ग्राउण्ड गर्ने काम गरेर गलत गर्नुभयो- ऊर्जामन्त्री रायमाझी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कुलमानजीले बिजुलीको तार अण्डर ग्राउण्ड गर्ने काम गरेर गलत गर्नुभयो- ऊर्जामन्त्री रायमाझी

कुलमानजीले बिजुलीको तार अण्डर ग्राउण्ड गर्ने काम गरेर गलत गर्नुभयो- ऊर्जामन्त्री रायमाझी

  • मङ्लबार, पुस २१, २०७७
कुलमानजीले बिजुलीको तार अण्डर ग्राउण्ड गर्ने काम गरेर गलत गर्नुभयो- ऊर्जामन्त्री रायमाझी

अर्घाखाँची, २१ पौष । कामचलाउ सरकारका ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले विद्युतीय तार भूमिगत गर्ने काम खतरनाक भएको भन्दै रोक्ने भएका छन् । गृहजिल्ला सन्धिखर्क पुगेका रायमाझीले विद्युतीय तार भूमिगत गर्ने काम गलत भएको बताएका हुन् ।

गृहजिल्ला सन्धिखर्कमा मंगलबार रायमाझीले भने ‘कुलमानजीहरुले बिजुलीको चार अण्डर ग्राउण्ड गर्ने काम थालेर जानुभयो’,‘यो बहुमत गलत काम भएको छ ।’
रायमाझीले अण्डर ग्राउण्डमा करेण्ट सर्ट भए मर्मत गर्नै नसकिने जिकिर गरे । ‘सर्ट भयो र स्काभेटरले खन्नुप¥यो भने करेन्ट लागेर काम गर्ने मान्छे मर्छ’, उनले भने, ‘यस्तो काम किन गरेका होलान् ?’ महाराजगञ्जमा केही दिनअघि बिजुली सर्ट भएका कारण माथिबाट विद्युत सप्लाई गर्नुपनेको तर्क रायमाझीले गरे । यो कार्य रोक्ने योजना पनि भइरहेको बताउँदै रायमाझीले तार भूमिगत गर्ने योजना रोक्नेबारे छलफल भइरहेको समेत बताएका हुन् ।

तत्कालिन ऊर्जामन्त्री वर्षमान पुनले मन्त्री भएलगत्तै सार्वजनिक गरेको स्वेतपत्रमा काठमाडौं उपत्यका र क्रमशः बाँकी सहरी क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने र स्मार्ट मिटर जडान गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेका थिए ।प्रधानमन्त्री केपी ओलीले गत वर्ष ५ फागुनमा उपत्यकामा विद्युतीय तार भूमिगत गर्ने कार्यको शुभारम्भ गरेका थिए ,भने उनैले नियुत्तिः गरेका मन्त्रीले सो कार्य रोक्न लागि परेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका