मुस्ताङमा हिमपात स्थानीयवासीकाे जनजीवन कष्टकर | Samacharpati मुस्ताङमा हिमपात स्थानीयवासीकाे जनजीवन कष्टकर – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २२, २०७८
  • होमपेज
  • मुस्ताङमा हिमपात स्थानीयवासीकाे जनजीवन कष्टकर

मुस्ताङमा हिमपात स्थानीयवासीकाे जनजीवन कष्टकर

मुस्ताङमा हिमपात स्थानीयवासीकाे जनजीवन कष्टकर

काठमाडौँ, २१ पुस । हिमालपारिको जिल्ला मुस्ताङमा हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमाङ्थाङ क्षेत्रमा भारी हिमपात भएको हो ।

सोमबार साँझदेखि यस वर्षको दोस्रो हिमपात भइरहेको लोमाङ्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टले बताउनुभयो । तल्लो मुस्ताङमा भने चिसो बढे पनि हिमपात भइसकेको छैन । लोमाङ्थाङमा सोमबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ ।

चिसो छल्नका लागि लोमाङ्थाङका अधिकांश स्थानीयवासी जिल्ला बाहिर छन् । घर गोठ र पशु चौपायको सुरक्षाका लागि लोमाङ्थाङमै रहेकाको दैनिकी कठिन हुँदै गएको विष्टले बताउनुभयो । ‘‘हामी धेरै पोखरा, काठमाडाैँमा छौँ, गाउँमा भएका युवाहरु हिमपातपछि चिसो बढेको बताएका छन्”, विष्टले भन्नुभयोे, “चौँरी, च्याङ्ग्रालगायत चौपाया चराउन नपाएको खबर छ ।” चिसो बढेपछि स्थानीय गुइँठा बालेर घरभित्रै बसेका छन् ।’’

तल्लो मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा पनि सामान्य हिमपात भएको छ । मौसमको अवस्था स्थिर रहे आज साँझसम्म तल्लो मुस्ताङमा हिमपात हुने स्थानीयवासीले बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार