संसदीय फोहोरी खेल खेल्नुभन्दा जनतामा जानु उपयुक्त हो - मुख्यमन्त्री गुरुङ • Nepal's Trusted Digital Newspaperसंसदीय फोहोरी खेल खेल्नुभन्दा जनतामा जानु उपयुक्त हो - मुख्यमन्त्री गुरुङ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • संसदीय फोहोरी खेल खेल्नुभन्दा जनतामा जानु उपयुक्त हो – मुख्यमन्त्री गुरुङ

संसदीय फोहोरी खेल खेल्नुभन्दा जनतामा जानु उपयुक्त हो – मुख्यमन्त्री गुरुङ

  • मङ्लबार, पुस २१, २०७७
संसदीय फोहोरी खेल खेल्नुभन्दा जनतामा जानु उपयुक्त हो – मुख्यमन्त्री गुरुङ

पाेखरा, २१ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीले गरेको संसद विघटनलाई संबैधानिक र लोकतान्त्रिक भएको बताउनुभयो ।

उहाँले गण्डकी प्रदेशसभाको विशेष अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले आफ्नै पार्टीभित्र काम गर्न नदिएकाले जनताको ताजा मत लिन जनताकोमा जानु लोकतन्त्रको नमुनाको पक्ष भएको उहाँले बताउनुभयो । “हरेक घटनालाई आ–आफ्नो तरिकाले विश्लेष्ण गर्ने तरिका हुन्छ तर म संसद बिघटन संबैधानिक हो भन्छु ।” गुरुङले भन्नुभयाे – “यहाँ धेरै माननियहरुले संसद बिघटन असंबैधानिक र अलोकतान्त्रिक भनेपनि यो दलको आन्तरीक कारणले संसद विघटन भएको हो । काम गर्न नदिएको कारण संसद विघटन गर्न नदिएको हो ।”

गुरुङले भन्नुभयाे – “लोकतन्त्रमा संकट आयो भने जनतामा जाने हो, संसदीय फोहोरी खेल खेल्नुभन्दा जनतामा जानु उपयुक्त हो । चुनाव एउटा लोकतान्त्रिक प्रकृया हो । त्यसकारण लोकतन्त्रमा ताजा जनादेशमा जानु भनेको एउटा प्रधानमन्त्रीका लागि मात्रै नभई सबै दलका लागि अवसर भएको बताउनुभयो । सबै कुरा जनतामा सुम्पने कुरा जस्तो लोकतान्त्रिक विषय अरु छैन । चुनाव नेतृत्व विकास र नेतृत्व हस्तान्तरण तथा पार्टीको विधि र सृदृढका लागि पनि चुनाव आवश्यक हो ।” चुनावकै विरोध गर्ने हो भने लोकतन्त्र कसरी सुदृढ हुन्छ भनेर मुख्यमन्त्री गुरुङले बताउनुभयो । गणतन्त्रमा राष्ट्रपतिलाई आरोप लगाउनु गणतन्त्र नै कमजोर बनाउने काम हुन्छ ।

पार्टी भित्रैबाट असयोग भएपछि ६४ प्रतिशतको प्रधानमन्त्रीले संबैधानिक रुपमा नै संसद विघटन गरेको बताउनुभयो । व्यक्तिगत रुपमा मलाई पनि संसद विघटन नहोस भन्ने थियो तर परिस्थितिले अवस्था यस्तो भयो भन्ने गुरुङले भन्नुभयो । व्यवस्थालाई जोगाउन प्रधानमन्त्रीले संसद विघटन गरेकाले यो अलोकतान्त्रिक र असंबैधानिक पनि होइन भन्नुभएको छ ।

हाम्रो मुलुकमा समस्या परेको छ यसको समाधान पनि हामीलेनै गर्नुपर्ने मुख्यमन्त्री गुरुङले बताउनुभयो । प्रतिनिधि सभा भंग भएको छ यसमा न्यायपालिकाले गर्ने भनेको २ वटा निर्णय हो यसमा कुनै आपत्ती छैन । कि पुर्नमिलन गर्ने कि चुनाव मा जाने कुनै नौलो कुरा नभउको बताउनुभएको छ । यसलाई ठुलो रुपमा लिनुपर्दैन पहिले पहिले यस्ता राजनितिक घटनाक्रम भईराखेको छ । यदी लोकतन्त्र धरापमा पर्यो भने जनताकोसामु जाने पर्दछ यसलाई कसैले नकार्न सकिदैन प्रधानमन्त्री केपी शर्मा ओलीले त झन ढोका खोल्दिनुभउक्ँे छ । साना राजनितिक दलले समेत ठाउँ पाउने शुवर्ण अवसर हो । जनताबाटै प्रधानमन्त्री चुन्ने अधिकार आएको छ ।

प्रदेशवाटै समस्याकाे समाधान गरिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । संकल्प गरोस भनेर चाहेका गुनासोहरुका छिटै समाधान हुने बताउनुभयो । गरिबी निवारण समस्या देशैभर भउको साथै यसमा प्रदेश सकार अठोटका साथ लागने बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका