एउटै गोत्रको बिवाह किन हुदैन ? कुन कुन थरका गोत्र एउटै हेर्नुहोस | Samacharpati एउटै गोत्रको बिवाह किन हुदैन ? कुन कुन थरका गोत्र एउटै हेर्नुहोस – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २२, २०७८
  • होमपेज
  • एउटै गोत्रको बिवाह किन हुदैन ? कुन कुन थरका गोत्र एउटै हेर्नुहोस

एउटै गोत्रको बिवाह किन हुदैन ? कुन कुन थरका गोत्र एउटै हेर्नुहोस

एउटै गोत्रको बिवाह किन हुदैन ? कुन कुन थरका गोत्र एउटै हेर्नुहोस

नामसँगै प्रयोग गरिने थर व्यक्तिको विशेष पहिचान हो । थर सँगै गोत्रको सम्बन्ध पनि जोडिएको हुन्छ । थर अनुसार गोत्र र गोत्र अनुसार प्रवरको निर्धारण गरिएको हुन्छ । जुन वैज्ञानिक र व्यवस्थित रहेको पनि पाइन्छ । थर, गोत्र र प्रवरले हाम्रो इतिहासलाई बोकिरहेका छन् । हमी कुन ऋषिका सन्तति हौ भन्ने कुरा गोत्रले वहन गरेको हुन्छ । तिनै गोत्रसँग सम्बन्धित प्रवरले नजिकको सम्बन्ध गाँसेको हुन्छ । मानव विकासको इतिहासमा पौरस्त्य वाङ्मयका पहिला व्यक्ति मनु हुन् । मनु र शतरूपाबाट नै यो संसारमा मानवको विकास भएको हो । सो पश्चात् ऋषिहरूको उत्पत्ति भएको कथा प्रसङ्ग पाइन्छ ।

थर कुनै पनि व्यक्तिको मुख्य पहिचान हो । नाम धेरैसँग मेल खान्छ, थर पनि खान्छ । तर, थरसँग गोत्र पनि जोडिएको हुन्छ, यो चाहिँ सीमित हुन्छ । थर वास्तवमा निश्चित व्यक्तिको पारिवारिक परिचय हो । वंश र थर पुरुषबाट सन्तानमा जाने पितृसत्तात्मक परिपाटीका कारण थर यथार्थमा पुरुष वंशगत लहरोको रूपमा एक पुस्ताबाट अर्को पुस्तामा जाने गरेको छ । गोत्र कुल छुट्याउने भरपर्दो आधार हो । एकै जनाबाट जन्मिएको ठानिने हुनाले एउटै गोत्र भएका थरमा बिवाहवारी चल्दैन । त्यसैले थर र गोत्रलाई महत्वपूर्ण मानिन्छ ।कुन थरको गोत्र के हुन्छ ? हेर्नुहोस ।


गोत्रको अर्थ कुल वा वंश भन्ने हुन्छ । गोत्रले वंश विस्तार गर्ने महर्षिहरूलाई पनि बताउँछ । विशेषतः विश्वामित्र,जमदग्नि, भरद्वाज, गौतम, अत्रि, वशिष्ठ र कश्यप सप्तर्षि र अगस्तिसमेतका सन्ततिलाई पनि गोत्र भनेर सम्बोधन गरिन्छ । गोत्रका ४९ भेद बताइएको छ । गोत्रवंशप्रवर्तक महर्षिहरूमा—‘‘ विश्वामित्रो जमदग्निर्भारद्वाजोऽथ गौतमः । अत्रिर्वशिष्ठः कश्यप इत्येते सप्तऋषयः । सप्तानामृषीणामगस्त्याष्टमानां यदपत्यं तद्गोत्रमित्याचक्षते । यद्यपि गोत्राणि अनन्तानि गोत्राणां त सहस्राणि प्रयतान्यर्बदानि च । इत्यक्तेस्तथाप्यूनपञ्चाशदेव गोत्रभेदाः ’’ भनी धर्मसिन्धु र निर्णयसिन्धुमा ४९ प्रकारका गोत्र रहेको कुरा उल्लेख पाइन्छ ।

गोत्रका वंश फैलाउने ऋषि विशेषलाई प्रवर भनिन्छ । प्रवरको अर्थ मुख्य वा प्रधान भन्ने पनि हुन्छ । गोत्रलाई विस्तार गर्नेवाला ऋषि विशेष नै प्रवर हुन् । अधिकांशतः तीन प्रवर प्रचलित पाइन्छन् । यसैगरी पाँच प्रवर पनि केही थर गोत्रीले प्रयोग गरेका छन् ।


थरको नामाकरण कार्यविशेष, स्थानविशेष, वस्तुविशेषका आधारमा निर्धारण भएको पाइन्छ । भण्डारको काम गर्ने भण्डारी, अधिकारको प्रयोगगर्ने अधिकारी, निरोली खोलाको आसपास बस्ने निरौला आदि आदि । यस विषयमा आआफ्ना रीतिस्थिति कुल परम्पराले पनि भिन्नता ल्याएको हुन सक्छ । कतिपय भाषाका स्थानीय भेद एवं अन्यभाषासँगको प्रभावले पनि थर भिन्न बन्न पगेका पाइन्छन् ।

यो थरगोत्रावली संकलनको पहिलो प्रयास हो । तपाईका र तपाइले जाने बुझेका थर, गोत्र र प्रवरका बारेमा टिप्पणी गरिदिनुहाेला ।


अगस्ती – ढुङ्गेल
अत्रि – अधिकारी (ठाडा राई), खतिवडा, गोतामे, चापागाई, पहारी, वस्ति अत्रि
आत्रेय – बगाले, कालीकोटी, खँड्का, थापा (बगाले,पुवार ,खुनाल), पौडेल (काला,सेता), दवाडी, दुवाडी, दुलाल, पोखरेल (पानी)
उपमन्यु – ढकाल, दुलाल, भट्ट, मैनाली
आङगीरस – जोशी (सिलाईँ)
कश्यप – अधिकारी(अलिना)
काश्यप – अधिकारी, कौवारी, खिलचिने, गर्तौला, घिमिरे, ठकुरी (खान, चन , ज्यु , राय , सिंह , मल्ल , मेधासी , कस्केली ), थापा (गोदार), भँडारे, बोकाटी, माझी, सोणारी, बुढाथोकी, पाँडे, पाण्डे, सिमदलिया बइखोरा, रायमाझी, शाह, शाहा, हमाल, पर्छायी
कौशिक – ढुङ्गना, बस्ताकोटी, बुढाथोकी, बिष्ट, विणारी, रिमाल, रेग्मी, लुईँटेल, पुडासैनी, बानियाँ, खप्तरी
गर्ग – खँड्का, बास्तोला, आचार्य, गजुरेल, चुडाल, भुर्तेल, किजार, रिसाल, रोकाहा, लामिछाने
कौडिन्य – आचार्य, खड्का, त्रिताल, न्यौपाने कौडिन्य, पराजुली, पाठक, बास्कोटा, थापा(गाम्ले, गाँउले), मरासीनि, लकाँय, सत्याल, सापकोटा(कोतिन्य)
गौतम – त्रिपाठी(सामवेदी)
घृतकौशिक – कार्की (सुतार), खँदाल (खोरिया र गैरा), नेपाल, पण्डित, बराल


कुकुरकोटे धनञ्जय
खुलाल धनञ्जय
गुराँगाई धनञ्जय
गैरीपिप्ले धनञ्जय
बसन्यात धनञ्जय
बस्याल धनञ्जय
भुसाल धनञ्जय
भण्डारी धनञ्जय
बुढाथोकी धनञ्जय
धमाल धनञ्जय
होमगाँई धनञ्जय
रिजाल धनञ्जय
मरहट्टा पाराशर

अधिाकरी भारद्वाज
चौलागाई भारद्वाज
जोशी भारद्वाज
पोखरेल(दुध) भारद्वाज
देवकुट भारद्वाज
निरौला भारद्वाज
पन्थी भारद्वाज
पन्त भारद्वाज
वाल्ले भारद्वाज
विष्ट भारद्वाज
कँडेल भारद्वाज
शिवाकोटी भारद्वाज
सिलवाल भारद्वाज
सुवेदी भारद्वाज
सुन्ताखाने भारद्वाज
लटौला भारद्वाज
लोहनी भारद्वाज
बजाँई माण्डव्य
बजगाँई माण्डव्य
धिताल माण्डव्य
ज्ञावली माण्डव्य बाकी तस्विरमा हेर्नुहास

आजको ट्रेन्डिङ समाचार