मुस्ताङमा नौ महिनापछि होटल खुले ,५० थान गोलीसहित एक जना पक्राउ ,वालिङमा कोभिड प्रभावितलाई उद्यमी बनाइने | Samacharpati मुस्ताङमा नौ महिनापछि होटल खुले ,५० थान गोलीसहित एक जना पक्राउ ,वालिङमा कोभिड प्रभावितलाई उद्यमी बनाइने – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २२, २०७८
  • होमपेज
  • मुस्ताङमा नौ महिनापछि होटल खुले ,५० थान गोलीसहित एक जना पक्राउ ,वालिङमा कोभिड प्रभावितलाई उद्यमी बनाइने

मुस्ताङमा नौ महिनापछि होटल खुले ,५० थान गोलीसहित एक जना पक्राउ ,वालिङमा कोभिड प्रभावितलाई उद्यमी बनाइने

मुस्ताङमा नौ महिनापछि होटल खुले ,५० थान गोलीसहित एक जना पक्राउ ,वालिङमा कोभिड प्रभावितलाई उद्यमी बनाइने

कोभिड १९ को सङ्क्रमणका कारण रोजगारी गुमाएका युवा युवतीलाई उद्यमी बनाउने उद्देश्यसहित कोष स्थापना गरिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्वारा सञ्चालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजनाअन्तर्गत कोभिड प्रभावितका लागि स्थापित कोषमार्फत नगद प्रदान गर्न लागिएको हो ।विदेशमा रोजगारी गुमाई फर्केका वा स्वदेशमा रोजगारीमा रहेका युवायुवतीलाई स्वरोजगार तथा आत्मनिर्भर बनाई उनीहरुको आयआर्जन वृद्धि गर्नका लागि ‘उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र सञ्चालन कार्यविधि २०७७ निर्माण गरिएको छ । सोही कार्यविधिका आधारमा रहेर स्थापित कोषबाट आर्थिक सहयोग गरिने दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारीदिनुभयो ।

हिमालपारिको जिल्ला मुस्ताङमा कोभिड(१९ का कारण बन्द होटल व्यवसाय खुलेसँँगै पर्यटकको चहलपहल सुरु भएको छ । विश्वभर फैलिएको कोभिड(१९ को सङ्क्रमण फैलन नदिन लकडाउनले ९ महिनादेखि बन्द होटल व्यवसाय सञ्चालनमा आएपछि आन्तरिक पर्यटकहरु मुस्ताङ पुग्न थालेका छन् । बन्द होटल, व्यवसाय खुला गर्ने निर्णयपछि अहिले पोखरा, बुटवललगायत विभिन्न ठाउँका पर्यटकहरु भ्रमणमा आएको मुस्ताङ होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष खगेन्द्र तुलाचनले बताउनुभयो ।लामो समयसम्म बन्द होटल तथा रेष्टुरेण्टहरु खुलेपछि अहिले पर्यटकको आगमन सुरु हुन थालेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार संघको निर्णयबाट गएको बिहीबारदेखि मुस्ताङमा होटल, व्यवसाय खोलिएको हो ।

हुम्लामा भारी हिमपात भएपछि जनजीवन कष्टकर भएको छ । हिजो दिउँसोदेखि वर्षा भएसँगै चिसो बढेर हिमपात भएको हो । मौसममा आएको बदलीसँगै एक्कासी बाक्लो हिमपात भएर जमिनमा बाक्लो हिउँ जमेको छ ।जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र हिमपातले सेताम्य भएका छन् । वर्षासँगैको हिमपात भएकाले बाली सप्रिने भन्दै किसानहरु खुशी भएका छन् । चिसो निक्कै बढेपछि मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् ।हिमपातका कारण जेष्ठ नागरीक तथा बालबालीकालाई भने चिसोले समस्या परेको छ । हिमपातका कारण हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा पनि बन्द भएको छ ।उता, जुम्लामा पनि भारी हिमपात भएको छ । उच्च हिमाली क्षेत्रमा एक फिटसम्म हिउँ परेको खबर छ ।हिउँले डाँडाकाँडा सेताम्य भएका छन् । हिमपातले गर्दा हवाई उडान नै रोकिएका छन् । जुम्ला विमानस्थलमा जहाज बस्न नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।तापक्रम माइनसमा झर्दा चिसो बढेको छ ।यसैगरी पोखरामा अहिलेको तापक्रम २१ डिग्री सेल्सियस रहेको छ ।

नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक जारी छ । बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसिरहेको छ । पत्नी सीता दाहालको उपचार गर्न मुम्बई गएपछि दाहाल बैठकमा सहभागी छैनन् ।उनले आइतबारको बैठकमा नै पत्नी सीता दाहालको थप उपचारका लागि मुम्बई जानु पर्ने भएको आजको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए ।सरकारको कदमविरुद्ध शनिबार दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा गरेको यो समूहले आइतबारको बैठकबाट नेपालको संयोजकत्वमा पार्टी एकताका बाँकी काम पूरा गर्न र विभिन्न तहमा पदाधिकारी चयन गर्नका लागि दश सदस्यीय कार्यदल गठन गरेको छ ।कार्यदलमा स्थायी कमिटी सदस्यहरू गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेत, वेदुराम भुसाल र सुरेन्द्र पाण्डे सदस्य छन् ।संघर्षका कार्यक्रम र कार्यदलको कार्यविभाजनका सन्दर्भमा छलफल गरेर आजको बैठकले अन्तिम रुप दिने भएको छ । कार्यदललाई एक साताको समयसीमा दिइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् ।झापा मेचीनगर २ का बद्रीहाङ राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।राई श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै थिए । चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्रेको हो ।यस घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

आजको ट्रेन्डिङ समाचार