सुदूरपश्चिम प्रदेशमा शङ्कास्पद ७७३ जनाको नमूना परीक्षणमा ११३ जनामा काेराेना पुष्टि • Nepal's Trusted Digital Newspaperसुदूरपश्चिम प्रदेशमा शङ्कास्पद ७७३ जनाको नमूना परीक्षणमा ११३ जनामा काेराेना पुष्टि • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सुदूरपश्चिम प्रदेशमा शङ्कास्पद ७७३ जनाको नमूना परीक्षणमा ११३ जनामा काेराेना पुष्टि

सुदूरपश्चिम प्रदेशमा शङ्कास्पद ७७३ जनाको नमूना परीक्षणमा ११३ जनामा काेराेना पुष्टि

  • शनिबार, पुस १८, २०७७
सुदूरपश्चिम प्रदेशमा शङ्कास्पद ७७३ जनाको नमूना परीक्षणमा ११३ जनामा काेराेना पुष्टि

काठमाडौँ, १८ पुस । सुदूरपश्चिम प्रदेशमा गएको तीन दिनमा कोभिड—१९का शङ्कास्पद ७७३ जनाको नमूना परीक्षण गरिँदा ११३ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमित हुनेमा कैलाली, कञ्चनपुर, अछाम, बैतडी, अछाम, बाजुरा र डडेलधुरा, डोटीलगायत जिल्लाका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । तीन दिनमा थपिएका सङ्क्रमितसमेत हालसम्म प्रदेशमा कोभिड—१९ का कूल सङ्क्रमित १३ हजार ६१६ पुगेका छन् ।

उपचार व्यवस्थापनपछि १० हजार ९८७ जना डिस्चार्ज भएका छन् । निको हुने दर पछिल्ला दिनमा घट्दै गएको छ । तीन दिनमा १६ जना मात्र उपचार व्यवस्थापनपछि डिस्चार्ज भएका छन् ।

सङ्क्रमितको मृत्यु हुने दर पनि रोकिएको छैन । हालसम्म प्रदेशका विभिन्न जिल्लाका ५० सङ्क्रमितको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । होम आइसोलेसन र प्रदेश बाहिरका जिल्लामा मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन ।

सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका तीन जनाको सघन उपचार कक्ष (आईसीयू)मा र एक जनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ ।

प्रदेशमा हालसम्म शङ्कास्पद एक लाख ३२ हजार ४३५ को नमूना सङ्कलन गरिएकोमा एक लाख ३१ हजार ७०२ को परीक्षण गरिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका