‘हामी यो देश बचाउन,टाउकोमा कफन बाँधेर आएका छौं:-कमल थापा | Samacharpati ‘हामी यो देश बचाउन,टाउकोमा कफन बाँधेर आएका छौं:-कमल थापा – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • ‘हामी यो देश बचाउन,टाउकोमा कफन बाँधेर आएका छौं:-कमल थापा

‘हामी यो देश बचाउन,टाउकोमा कफन बाँधेर आएका छौं:-कमल थापा

‘हामी यो देश बचाउन,टाउकोमा कफन बाँधेर आएका छौं:-कमल थापा

काठमाडौं, १७ पुस। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग गर्नुभएकाे छ । नभए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने उहाँको चेतावनी छ ।

शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनपछि आयोजित सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना अब राप्रपाको मात्र एजेण्डा नभएको बताउनुभयाे ।

‘हिजो कठिन घडीमा राप्रपाले बोकेर हिड्यो होला । अब आम नेपालीको एजेण्डा बनिसकेको छ । कसैले चाहे पनि नचाहे पनि घरघरमा बहस हुन थालेको छ ।’ उहाँले भन्नुभयाे

थापाले यदि हिन्दु राष्ट्र र राजसंस्थालाई पुनर्स्थापित गर्ने र संघीयतालाई पुनरावलोकन नगर्ने हो भने सडकबाटै आफ्ना मान्यता स्थपित गर्ने बताउनुभयाे । सिंहदरबार र शीतल निवासका शासकहरुलाई सार्वजनिक आह्वान भन्दै राप्रपा अध्यक्ष थापाले भन्नुभयाे, ‘हामी यो देश बचाउन, प्रजातन्त्र र राष्ट्रियतालाई बलियो बनाउन र आर्थिक समृद्धिका निमित्त आवश्यक पर्‍यो भने मर्न र मार्न पनि तयार भएर सडकमा आएका छौं । टाउकोमा कफन बाँधेर आएका छौं ।’

संसद भंग भएपछि संवैधानिक जटिलता सिर्जना भन्दै उहाँले राजनीतिक दलहरुले जिम्मेवारीपूर्वक काम नगर्ने हो भने परिस्थिति नियन्त्रण बाहिर जानसक्ने बताउनुभयाे ।

राजसंस्था नहुँदा देश अभिभावक बिहीन भएको र विदेशीको चलखेल तीव्र रुपमा बढेको थापाले बताउनुभयाे । केही दिन अगाडि मात्र नेकपाको घर झगडा मिलाउन उत्तरतिरबाट हवाइजहाज चार्टर गरेर केही मानिसहरु आएको भन्दै पूर्व परराष्ट्रमन्त्री थापाले भन्नुभयाे, ‘कहिले दक्षिणबाट कहिले उत्तरबाट नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौामिकता र नेपाली जनताको निर्णयकत्वमाथि प्रहार गर्ने काम भएको छ ।’

source:onlinekhabar

आजको ट्रेन्डिङ समाचार