आजकाे माैसम:- देशका पहाडी भूभागमा आंशिक बदली • Nepal's Trusted Digital Newspaperआजकाे माैसम:- देशका पहाडी भूभागमा आंशिक बदली • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजकाे माैसम:- देशका पहाडी भूभागमा आंशिक बदली

आजकाे माैसम:- देशका पहाडी भूभागमा आंशिक बदली

  • बिहिबार, पुस १६, २०७७
आजकाे माैसम:- देशका पहाडी भूभागमा आंशिक बदली

काठमान्डाैँ, १६ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही  बाँकी भू भागमा सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर प्रदेश १ मा आंशिक बदली रहने छ  लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेश र कर्णाली  प्रदेशमा आंशिक देखि सामान्य  बदली रहने छ भने बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।

आजराती प्रदेश १ मा आंशिक बदली रहने छ, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश  र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका