आजकाे मौसम :-हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना • Nepal's Trusted Digital Newspaperआजकाे मौसम :-हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजकाे मौसम :-हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

आजकाे मौसम :-हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

  • बुधबार, पुस १५, २०७७
आजकाे  मौसम :-हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमान्डाैँ, १५ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ भने बाकी भू-भागमा आंशिक बदली रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदुरपश्चिम र कर्णाली  प्रदेशमा आंशिक देखि सामान्य बदलीका साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।

सुदुरपश्चिम प्रदेश तथा प्रदेश १ का उच्च हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

आजराती गण्डकी प्रदेश र  प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका