सुरु भयो प्रेम कथानक फिल्म ‘हिड्दा हिड्दै’ को सुटिङ | Samacharpati सुरु भयो प्रेम कथानक फिल्म ‘हिड्दा हिड्दै’ को सुटिङ – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २२, २०७८
  • होमपेज
  • सुरु भयो प्रेम कथानक फिल्म ‘हिड्दा हिड्दै’ को सुटिङ

सुरु भयो प्रेम कथानक फिल्म ‘हिड्दा हिड्दै’ को सुटिङ

सुरु भयो प्रेम कथानक फिल्म ‘हिड्दा हिड्दै’ को सुटिङ

काठमाडौं, १४ पुस । प्रेम कथानक फिल्म ‘हिड्दा हिड्दै’ को सुटिङ सोमबारबाट सुरु भएको छ । गत असोजमा शुभमुर्हत गरिएको फिल्मको पहिलो दिनको स्पट गोदावरी भएको फिल्मका प्रस्तुतकर्ता सुशील पंगेनीले जानकारी दिनुभएकाे छ ।

मिलन आले मगरको निर्देशनमा आकाश श्रेष्ठ, सलोन बस्नेत, नवअभिनेत्री रेखा शाह, सानीया खान, बिकास थापामगर,बिबेक रामदाम, ममता पौडेललगायतका कलाकारको अभिनय रहने फिल्मको स्क्रिप्ट प्रस्तुतकर्ता पंगेनीले लेख्नुभएकाे छ ।

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानर र कोहलपुर मेडिकल कलेजसँगको सहकार्यमा निर्माणाधिन फिल्मको निर्मातामा प्रमोदकुमार तामाङ,राजकुमार थिङ र पारस गुरुङ  रहनुभएकाे छ । महादेव शाही सहनिर्माता रहेको फिल्म काठमाडौँ र गाइघाटमा खिचिने छ ।

सुमनकुमार तण्डुकारको छायांकन रहेको फिल्मका गीतमा बसन्त सापकोटा र किरण माइकलको संगीत र कबिराज गहतराजले कोरियोग्राफी गर्नुहुनेछ ।

देव महर्जनले द्धन्द्ध निर्देशन गर्ने फिल्मको मुख्य सहायक निर्देशकमा यम भण्डारी र रामकुमार  रहनुभएकाे छ । फिल्मको सुटिङ अबधि ३५ दिन तोकिएको छ ।

आजको ट्रेन्डिङ समाचार