२००७ सालका दुई दर्जन क्रिश्चियन अहिले ४० लाख पुग्दा तपाईको मन दुःख्दैन ? – अध्यक्ष थापा | Samacharpati २००७ सालका दुई दर्जन क्रिश्चियन अहिले ४० लाख पुग्दा तपाईको मन दुःख्दैन ? – अध्यक्ष थापा – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २२, २०७८
  • होमपेज
  • २००७ सालका दुई दर्जन क्रिश्चियन अहिले ४० लाख पुग्दा तपाईको मन दुःख्दैन ? – अध्यक्ष थापा

२००७ सालका दुई दर्जन क्रिश्चियन अहिले ४० लाख पुग्दा तपाईको मन दुःख्दैन ? – अध्यक्ष थापा

२००७ सालका दुई दर्जन क्रिश्चियन अहिले ४० लाख पुग्दा तपाईको मन दुःख्दैन ? – अध्यक्ष थापा

काठमाडौं, १२ पुस । राप्रपा अध्यक्ष कमल थापाले २००७ सालमा दुई दर्जन क्रिश्चियन रहेका भएपनि अहिले आएर ४० लाख क्रिश्चियन भएको भन्दै नेपाली जनतालाई के तपाईँलाई मन दुख्दैन भनेर प्रश्न गर्नुभएकाे छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भन्नुभएकाे छ, ‘कुनै धर्मप्रति मेरो वैमनस्यता र विरोध छैन। सबै धर्म प्रति मेरो सम्मान छ।

तर,बि सं २००७ सालमा २ दर्जन क्रिश्चियन भएको नेपालमा लोभलालच र भ्रम सिर्जना गरेर तथा योजनाबद्ध र संगठितरूपमा भैरहेको धर्मपरिवर्तनको परिणामस्वरूप अहिले करिव ४० लाख पुगेको छ । हाम्रो गौरवशाली सनातन धर्म र सभ्यता माथीको यो आक्रमणले असह्य पिडा हुन्छ। के तपाईको मन दुःख्दैन ?

अध्यक्ष थापाले धर्म बचाउन आग्रह गर्दै भन्नुभएकाे छ, ‘धर्मपरिवर्तनको निशानामा सबैभन्दा बढी आदिवासी, जनजाति र दलित समुदाय परेका छन्।

पहिचानको रक्षा गरौं भन्ने कथित छद्मभेषीहरू आदिवासी, जनजाति र दलित समुदायको पहिचान मेटाउने षडयन्त्रका मतियार हुन्।

यिनले बिदेशीले दिने डलरसंग राष्ट्रको पहिचान र गौरव बेच्ने गद्दारी गरिरहेका छन्। सनातन धर्म संस्कृतिको रक्षा गरौं’ ।

आजको ट्रेन्डिङ समाचार