ग्रेनथेरापीको रुपमा रहेका हुम्लाका रैथाने अन्नहरूको खोजी कहिले ? | Samacharpati ग्रेनथेरापीको रुपमा रहेका हुम्लाका रैथाने अन्नहरूको खोजी कहिले ? – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २२, २०७८
  • होमपेज
  • ग्रेनथेरापीको रुपमा रहेका हुम्लाका रैथाने अन्नहरूको खोजी कहिले ?

ग्रेनथेरापीको रुपमा रहेका हुम्लाका रैथाने अन्नहरूको खोजी कहिले ?

ग्रेनथेरापीको रुपमा रहेका हुम्लाका रैथाने अन्नहरूको खोजी कहिले ?

कर्णबहादुर रोकाया, हुम्ला, ११ पुष । सामाजिक र सांस्कृतिक संस्कार अनुसार हुम्लामा रैथाने अन्नहरूको प्रयोग र उपयोगलाई नियाल्दा यो विधिलाई हामीले ग्रेनथेरापी भन्दा अनुपयुक्त नहोला किनकी यसको प्रयोगबाट धेरै प्रकारका रोगहरुको उपचार हुने गरेको छ ।

सरकारले विभिन्न नाममा रैथाने बालीको कार्यक्रम ल्याए पनि स्पष्ट नीति र विधिको अभावमा कागजको सेतो पानामा मात्रै सीमित रहेको देखिन्छ ।

यसबारे जिम्मेवार सरकारी निकाय र विभिन्न गैससहरुले आकर्षक र चर्का नारा दिए पनि हालसम्म कुन गाउँमा कस्तो प्रकारको रैथाने अन्न र यसको उपयोगीता बारेमा यी कुराहरु अनभिज्ञ नै रहेको स्थानीयबासीहरुको गुनासो रहेको छ ।

हुम्लामा हुने हिमाली गहुँ नाफल, तोरी, फापर, चिनु, कागुनो, कोदो, मार्से, धान, आलु, गहुँ, जौ, उवा, भट्ट र अन्य विभिन्न प्रकारका अन्नबा, तेलहन, दलहन, जरेबाली, कोसेबालीहरु उत्पादन हुने गरे पनि यी बालीनालीहरुको विभिन्न प्रकारका स्थानीय नामहरु भए पनि यसको वैज्ञानिक खोजी हुन नसक्दा यी रैथाने बाली सरकारी र गैससको बाली खाने भाँडो मात्र भएको दार्मा गाउँका जानमान वर्षबहादुर शाहीको मत रहेको छ ।

यी बालीनालीहरुको एकल तथा मिश्रित प्रयोगबाट विभिन्न प्रकारका रोगहरुका लागि उपचारको काम भए पनि हुम्लामा कृषि तथा तत्सम्बन्धी काम गर्ने गोर्खालीहरुलाई यसबारेमा जिज्ञासा राख्दा यो त हाम्रो काम होइन हजुर नार्कसँग सोध्नुपर्छ भन्ने जवाफ आउँछ तर रैथाने अन्नबालीका बारेमा आएको बजेट खर्च गर्दा उनीहरुले माथिल्लो निकायमा सोधी खोजी गर्नुभन्दा पनि बजेट के कसरी खर्च गर्ने हो ।

सोको बील मिलाएर शिल खोल्नका लागि हतार हुने जानकारी कृषि सम्बद्ध स्रोतले नाम उल्लेख नगर्ने शर्तका जानकारी प्राप्त भएको छ ।

पछिल्लो समय संघीयता आएसँगै विभिन्न प्रकारका कुराहरुको खोजी र अपनत्व गर्नु पर्ने अवस्थामा तीन तहका सरकारका जिम्मेवार निकाय र तालुकदारहरुको प्रतिनिधिहरु यसबारेमा उपेच्छा गर्नु आफैमा सोचनिय पक्ष भएको अदानचुली गापा श्रीनगरका अगुवा कृषक देवीशरण फडेराको मत रहेको छ ।

कृषि कार्यालयम प्रत्येक वर्ष कृषक र कृषिको विकासका लागि खोलिने कार्यक्रमका लागि कागजी किसानको बिग्बीग बढ्दै जाँदा वास्तविक किसान ओझेलमा पर्दै गए जस्तो राहतका नाममा हुम्लामा आउने बेसाहाको चामले पनि यहाँको रैथाने अन्नबालीलाई ओझेलमा पार्दै गएको स्थानीय किसानहरुको गुनासो रहेको छ । यसलाई सरकारले समयमै सोच्नु जरुरी र आवश्यक रहेको छ ।

आजको ट्रेन्डिङ समाचार