बढ्यो सुनको मूल्य, एक सातामा १ सय रुपैयाँले फरक • Nepal's Trusted Digital Newspaperबढ्यो सुनको मूल्य, एक सातामा १ सय रुपैयाँले फरक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बढ्यो सुनको मूल्य, एक सातामा १ सय रुपैयाँले फरक

बढ्यो सुनको मूल्य, एक सातामा १ सय रुपैयाँले फरक

  • शुक्रबार, पुस १०, २०७७
बढ्यो सुनको मूल्य, एक सातामा १ सय रुपैयाँले फरक

काठमाडौं, १० पुस । साताको अन्तिम कारोबार हुने दिन सुनको मूल्यमा सामान्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

बिहीबार ९४ हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार छापावाल सून शुक्रबार ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै बिहीबार ९३ हजार ६ सय रुपैयाँमा किनबेच भएको तेजावी सुनमा पनि शुक्रबार १ सय रुपैयाँ बढेको छ ।

शुक्रबार चाँदी १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो एक सातामा सुनको मूल्यमा खासै उचारचढाव आएको छैन । कारोबार हुने साताको पहिलो दिन ९४ हजार ३ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य साताको अन्तिम दिन ९४ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका