पोखरामा पार्किङ शुल्क जारी,भ्रामक समाचार आएको पार्किङ शुल्क ब्यवस्थापन समितिका अध्यक्ष गुरुङको भनार्इ | Samacharpati पोखरामा पार्किङ शुल्क जारी,भ्रामक समाचार आएको पार्किङ शुल्क ब्यवस्थापन समितिका अध्यक्ष गुरुङको भनार्इ – Samacharpati
Samacharpati
बिहिबार, अशोज २८, २०७८
  • होमपेज
  • पोखरामा पार्किङ शुल्क जारी,भ्रामक समाचार आएको पार्किङ शुल्क ब्यवस्थापन समितिका अध्यक्ष गुरुङको भनार्इ

पोखरामा पार्किङ शुल्क जारी,भ्रामक समाचार आएको पार्किङ शुल्क ब्यवस्थापन समितिका अध्यक्ष गुरुङको भनार्इ

पोखरामा पार्किङ शुल्क जारी,भ्रामक समाचार आएको पार्किङ शुल्क ब्यवस्थापन समितिका अध्यक्ष गुरुङको भनार्इ

पोखरा, ८ पुष । पोखरा महानगरपालिकाका केहि क्षेत्रमा फेवा सावित्री जेभीले पार्किङ शुल्क उठाइरहेकाे छ ।

पार्किङ शुल्क उठाउने ठेक्का फेवा सावित्री जेभीबीच ३ करोड १६ लाख ७० हजारमा ठेक्का परेको छ । यसको अवधि २ वर्ष रहनेछ । मझौला सवारीसाधनलाई पनि प्रति घण्टा ३० रुपैयाँ शुल्क तोकिएको छ । यस्तै २ पांग्रे मोटर साइकल र स्कुटरलाई एकदिनको १० रुपैयाँ शुल्क लाग्ने निर्णय महानगरपालिकाले गरेको छ । ४ पांग्रे अन्तरगत ठूला सवारी साधनलाई प्रतिघण्टा ३० रुपैंया र हलुका सवारी साधन ट्याक्सीलाई प्रतिघण्टा २० रुपैयाँको दरले पार्किङ शुल्क लिइएको छ ।

पछिल्लो समय केहि संचारमाध्यमहरुमा पार्किङ शुल्क नउठाउन उच्च अदालतको अन्तरिम आदेश दिएकाे र अब पार्किङ शुल्क नलाग्ने भनी समाचार आएका थिए । तर अदालतको आदेश आएपनि शुल्क नउठाउन नभनेको महानगरपालिका श्रोतले बताएको छ । यस्तै पार्किङ व्यवस्थापन गरिरहेको समितिले पनि अदालतले शुल्न नउठाउन नभनेको बताएको छ ।

“यो सरासर झुट हाे” पार्किङ सःशुल्क ब्यवस्थापन समितिका अध्यक्ष ईन्द्र गुरुङले भन्नुभयाे – “अदालतले अहिले नउठाउ भनेकाे हाेइन, तर समाचारले भ्बम पफैलियाे ।” १५ दिनभित्र कारण देखाउ भनेर आदेश दिएकाे गुरूङले दावी गर्नुभयाे । कारण देखाउ भनेको कसरी ब्यवस्थापन गर्ने, के गर्ने भन्ने प्रश्नको उत्तर मात्र मागेको तर पार्किङ नउठाउ भनेर आदेश नआएको उहाँकाे भनाइ छ ।

प्रकृया पुर्याएरै ठेक्का खुलेको र आफुहरु पनि नियमबद्ध तरिकाले अगाडी बढेकाले यदि अदालतले पार्किङ नउठाउन आदेश दिए पनि आफुहरु फेरि न्यायका लागि अदालत जाने बताउनुभयो । उहाँले भन्नुभयो – “हामिले प्रकृया पुर्याएर काम गरिरहेका छौ, हाम्रो धेरै लगानी भईसकेको छ । कर्मचारीहरु नियुक्त गरिएको छ, त्यसैले हामीले पनि क्षतिपुर्तिको दावी गर्दै अदालत जाने छौँ ।”

संयोजक गुरुङले अहिले पनि पार्किङ शुल्क उठाईरहेकाले आफ्ना कर्मचारीहरुलाई पार्किङ शुल्क तिरेर पोखराको पार्किङ व्यवस्थापनमा सहयोग गरिदिनुहुन अनुरोध गर्नुभयो ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता