शिवालय माविको शिक्षक अभिभावक सङ्घमा रामचन्द्र ओझा – Samacharpati Samacharpatiशिवालय माविको शिक्षक अभिभावक सङ्घमा रामचन्द्र ओझा – Samacharpati
  • होमपेज
  • शिवालय माविको शिक्षक अभिभावक सङ्घमा रामचन्द्र ओझा

शिवालय माविको शिक्षक अभिभावक सङ्घमा रामचन्द्र ओझा

शिवालय माविको शिक्षक अभिभावक सङ्घमा रामचन्द्र ओझा

पोखरा, ७  पुस । कास्कीको रुपा गाउँपालिका वडा नं २, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको शिक्षक अभिभावक सङ्घको अध्यक्षमा रामचन्द्र ओझा सर्वसम्मत चयन हुनुभएकाे छ ।

सङ्घका सदस्यहरुमा काजीमान सुर्खाली, मीना परियार, नवराज सुवेदी, सपना आले मगर, वसन्त थापा मगर, कालिका ओझा र दीपा ओझा चयन हुनुभएकाे छ ।

सङ्घमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदी पदेन सदस्य तथा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशी पदेन सदस्य सचिव रहनुभएकाे छ , भने शिक्षक प्रतिनिधि शान्ता तिमल्सेना चयन हुनुभएकाे छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा रुपा गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सन्दिप पौडेलले शिवालय माविले हरेक क्षेत्रमा मार्दै गएको फड्कोमा नयाँ शिक्षकअभिभावक सङ्घले थप टेवा दिने विश्वास व्यक्त गर्नुभएकाे छ ।

शिक्षक अभिभावक सङ्घले विद्यालयको चौतर्फी विकासमा महत्त्वपूर्ण योगदान गर्न सक्ने उल्लेख गर्दै बेकामे समितिजस्तो भएर नबस्न पौडेलले नवगठित समितिलाई आग्रह गर्नुभयाे ।

कोभिड १९ का कारण हरेक क्षेत्र थला परिरहेको अवस्थामा पनि शिवालयले भौतिक तथा शैक्षिक क्षेत्रमा देखाएको सक्रियताको प्रशंसा गर्दै उहाँले गाउँपालिकाको शिक्षा शाखाका तर्फबाट शैक्षिक उन्नयनका लागि जुनसुकै सहयोग गर्न तयार रहेको अभिव्यक्ति दिनुभयाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीले वर्तमान विद्यालय व्यवस्थापन समिति समयानुकूल विद्यालयको विकास गर्ने अभियानमा जुटेको भन्दै शिक्षकअभिभावक सङ्घको सहयोगी भूमिका रहने विश्वास व्यक्त गर्नुभयाे ।

उहाँले आवश्यक ठाउँमा नेतृत्वसमेत लिँदै विद्यालयको चौतर्फी विकासका लागि निगरानी र सक्रियतापूर्वक अघि बढ्न सम्पूर्ण अभिभावकहरुलाई आग्रह गर्नुभयाे ।

विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले कोभिडको महामारीका बिचमा पनि स्वास्थ्य सतर्कता अपनाउँदै पठनपाठनसँगै भौतिक कार्यहरु पनि अघि बढिरहेको जानकारी दिनुभयाे । कार्यक्रमको सञ्चालन शिक्षक प्रतिनिधि जयराम सुवेदीले गर्नुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका