प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा तनहुँद्वारा स्याङ्जा ११ रनले पराजित • Nepal's Trusted Digital Newspaperप्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा तनहुँद्वारा स्याङ्जा ११ रनले पराजित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा तनहुँद्वारा स्याङ्जा ११ रनले पराजित

प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा तनहुँद्वारा स्याङ्जा ११ रनले पराजित

  • आइतवार, पुस ५, २०७७
प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा तनहुँद्वारा स्याङ्जा ११ रनले पराजित

पोखरा, ५ पुष । गण्डकी प्रदेश क्रिकेट संघद्वारा आयोजित गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा तनहुँले स्याङजालाई ११ रनले पराजित गरेको छ ।

टस जितेको स्याङजाले क्षेत्र र क्षण रोजेपछि व्याटिङ्गमा उत्रिएको तनहुँले निर्धारित ५० ओभरको खेलमा ४३.२ ओभरमा आफ्नों सम्पूर्ण विकेट गुमाउँदै १ सय ४० रनको योगफल तयार पारेको थियो । तनहुँका लागि समिर कँडेलले २६ तथा करुण सिरमलाले १७ रन जोडे ।

स्याङजाको बलिङ्गमा अशोक श्रेष्ठ र सुरज गुरुङ्गले तीन तीन विकेट लिए भने विष्णु पाण्डेले दुई तथा मिलन लुइटेल र सुजन गौतमले एक एक विकेट लिए ।

जितका लागि १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा स्याँँग्जाले ४७.२ ओभरमा १ सय २९ रनको योगफलमा सम्पूर्ण विकेट गुमाउन पुग्यो । स्याङजाको तर्फबाट विष्णु पाण्डेले २३, अशोक श्रेष्ठले १९ तथा हिमेश ठकुरीले १६ रन जोडे ।

तनहुँको बलिङ्गमा करुण सिरमला, राजु गुरुङ्ग र चन्द्रकान्त पौडेलले दुई दुई विकेट लिए । विनय भण्डारीले एक विकेट लिए ।

ब्याटिङ्गतर्फ १७ रन तथा बलिङ्गतर्फ २ विकेट लिएका तनहुँका करुण सिरमला म्यान अफ द म्याच भए । उनलाई तनुहँ क्रिकेट संघका अध्यक्ष ताराराम श्रेष्ठले म्यान अफ द म्याचको ट्रफि प्रदान गरेका थिए । प्रतियोगिगतामा आइतबार नवलपुर र तनहुँ भिड्ने छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका