आज विवाह पञ्चमी सीता र राम काे बिवाह भएकाे दिन | Samacharpati आज विवाह पञ्चमी सीता र राम काे बिवाह भएकाे दिन – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २२, २०७८
  • होमपेज
  • आज विवाह पञ्चमी सीता र राम काे बिवाह भएकाे दिन

आज विवाह पञ्चमी सीता र राम काे बिवाह भएकाे दिन

आज विवाह पञ्चमी सीता र राम काे बिवाह भएकाे दिन

काठमान्डाैँ, ४ पुष । विवाह पञ्चमी प्राचिनकाल देखि नै मिथिलावासीहरुले मनाँउदै आएका छन् र आज पनि उत्तिकै रौनकका साथ मनाँइदै आएको छ ।

जनकपुरमा हरेक सन्ध्या सागरहरु छेउमा आरती गरिन्छ, रामायणको स्मरण गरिन्छ अनि आरतीसंगै सीताका महिमाहरु स्मरण गरिन्छ, रामका किर्तिहरुको यश गाइन्छ ।

मिथिलाके सियाराम जगतजननी एछ अर्थात मिथिलाकी छोरी सीता र उनका श्रीमान राम जगतका जननी हुन् भन्ने उक्ति आज पनि मिथिलाका घरघरमा सुनिन्छ । रामायण कहिँ ज्यूँदो छ भनें मिथिलावासीको हृदयमा छ, विवाह पञ्चमीमा त्यो प्रष्ट देखिन्छ पनि ।

त्रेता यूगमा आजैको दिन अयोध्याबाट राजकुमार राम आएर मिथिला राज्य को राजधानी जनकपुर धाममा राजकुमारी सितालाई बिवाह गर्नुभएको तिथी मानिन्छ ।

त्रेता यूगको रामायणका प्रसङ्ग अन्तर्गत् विवाह पञ्चमीको ब्याख्या गर्न चाहयौं, मंसिर शुक्ल पञ्चमी अर्थात् आजैको दिन आर्दश जोडी राम सिताको विवाह नेपालको जनकपुरमा वैदिक सनातन हिन्दू संस्कृति अनुसार भएको हो ।

सप्ताहव्यापी रुपमा गरिने विवाह उत्सवमा रामजानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन गरिन्छ । त्यहि भएर जो कसैले पनि विवाह पञ्चमीका दिन विवाह गर्दा साइत हेर्नु नपर्ने पौराणिक मान्यता रहँदै आएको छ ।

जनकपुरलाई सीताको जन्मस्थल मानिन्छ । सीता अथवा जानकी रामायणकी मुख्य पात्र हुन् । सीता मिथिला राज्यका अधिपति राजा जनककी जेठी छोरी हुन् । राम अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र हुन् । सीता नेपाल भूमिकी पुत्री पनि हुन् । आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा आदर्श नारीको उदाहरण हुन् सीता । सीतालाई सत्चरित्रता, नारीत्व, मातृत्वाशल्य र करूणाका खानीका रुपमा सम्मान गरिन्छ ।

राजा जनकले संरक्षण गरिराखेको शिव धनु जो ठुलाठुला वीरहरुले पनि उचाल्न सक्दैनन् थिए, सीताले उक्त धनु पूजाकोठाको सरसफाईका बेला एक्लै वरपर सार्ने गर्थिन् । त्यसैले नै राजा जनकले शिव धनुमा ताँदो चढाउन सक्ने वीर पुरुषसंग मात्रै सीताको स्वयंवर गर्ने बाचा गरेका थिए ।

त्यहि शिव धनुष अयोध्याका राजकुमार रामले उचाल्ने क्रममा भाँचिएपछि सीता र रामको विवाह धुमधामका साथ जनकपुरमा सम्पन्न भएको थियो । त्यहि बेलादेखि विवाह पञ्चमी उत्सव मनाइदै आएको हो । सीताका बहिनीहरु उर्मिला, माण्डवी र श्रुतकीर्तिको पनि रामका भाईहरु लक्ष्मण, भरत र शत्रुघ्नसंग विवाह भएको थियो ।

यो विवाह महोत्सव अपरान्हको समयमा गरिन्छ तर विहानैदेखि रामजानकी मन्दिर सहित मिथिला क्षेत्रका अन्य मन्दिरहरुमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ ।

उत्सवमा बाजागाजा, झाँकी, भजनकीर्तन र नाचगान गरिन्छ भने जन्ति र डोला हेर्ने भक्तजनको भक्तजनको घुईंचो लाग्ने गर्दछ । राम र सीताको स्वयंमवर सकिएपछि दुलाहा र दूलहीलाई बोकी ल्याइएका रथहरुलाई बाजागाना सहितको र्‍यालीले जनकपुर नगर घुमाउँदै शोभा यात्रा गरिन्छ र जानकी मन्दिर क्षेत्रमा पुगेर अन्त्य गरिन्छ ।

यहि प्राचिन पौराणिक महाविवाहको सम्झनास्वरूप आज पनि नेपालको जनकपुरमा भारतबाट आजको दिन दुरुस्तै जन्त लिएर आउने र राम, सीताको प्रतिमा प्राणप्रतिष्ठान गरेर विवाह गरी सीता विदा गर्ने चलन छ । यसरी भारतबाट आउने जन्तहरूमा विशेषत्ः साधू, सन्तहरू हुने गर्दछन् ।

पोखरी, तलाउ तथा सुन्दर मैथिल संस्कारको धनी नगर जनकपुर आज अलौकीक सुन्दरताले भरीपूर्ण देखिन्छ । यो यूगमा पनि राम सिताको विवाह उत्तिकै महत्वपूर्ण छ जति पहिले थियो ।

आज जानकी मन्दिर परिसरमा ब्यापक मेला लागेको छ र जनकपूरवासीहरु त्रेतायूगदेखिको आफूहरुले चलाई आएको चलन र आत्मियताको निरन्तरता दिइरहेका छन् ।

आजको दिन कसैले विवाह गर्दै हुनुहुन्छ भने साईत देखाउन पर्दैन किनभने आज पौराणीक रुपमा विवाहमैत्री दिन हो । यसरी सीता र रामको विवाहपश्चातको रामायणको कथा त हामीमध्ये धेरैलाई थाहै छ । रामसंगै वनवास गएकी सीता एक आर्दश् पत्नी र देवीकारुपमा पूजिने महिला हुन् भने रामलाई आदर्श पुरुष र मर्यादा पुरुषोत्तमका रुपमा चिनिन्छ ।

२४००० वटा पंक्तिभएको अनि ५०० वटा अध्याय र सात वटा खण्डभएको ठूलो खण्डकाब्य रामायण यीनै राम र सीताको जीवनका आरोह अवरोहको कथा हो ।

पहिलेका रत्नाकर डाँकु पछी गएर वाल्मिकी ऋृषिले लिपिवद्ध गरेको रामायण नेपाल, श्रीलङ्का, थाइल्याण्ड, कम्बोडिया, मलेसिया र ईण्डोनेसियामा पनि एकदमै प्रचलीत छ ।

रामायणका यीनै पंक्तिहरुलाई वाल्मिकी ऋृषिले रामका पुत्रहरु लव र कुशलाई कण्ठस्त गराएका थिए । रामायणका पंक्तिहरु सुनेपछी रामले आफ्ना छोराहरुलाई ठम्याएका पनि हुन् ।

कोरोना त्रासले विवाहपञ्चमीको रौनकलाई केहि बन्देज लगाउन सक्ला तर विवाहपञ्चमीको त्रेतायूगदेखिको प्रमाणले अनेकन कोरोना र त्यस्ता संक्रमणलाई अँचेटेको स्पष्ट छ । इतिहाँस भन्दा अगाडिदेखिको यो पावन उत्सर्गको भक्तिमार्गमा विशेष महत्व छ, रामसीता अटुट छन् र रहन्छन् ।

सीताको अग्निपरीक्षापछी रामायणले फरक कोण र मोड लिएको छ । नारी पुरुषको महत्व, समानता, पारिवारीक दायित्व, राज्य नीतिहरु अनि मर्यादाका पाठहरु सिकाएर रामायणले मानव समूदाय र सभ्यतालाई ठूलो गुण लगाएको छ ।

source:hamropatro

आजको ट्रेन्डिङ समाचार