सिरहामा चिसोका कारण कठाङ्ग्रिएर चार जनाको मृत्यु | Samacharpati सिरहामा चिसोका कारण कठाङ्ग्रिएर चार जनाको मृत्यु – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २२, २०७८
  • होमपेज
  • सिरहामा चिसोका कारण कठाङ्ग्रिएर चार जनाको मृत्यु

सिरहामा चिसोका कारण कठाङ्ग्रिएर चार जनाको मृत्यु

सिरहामा चिसोका कारण कठाङ्ग्रिएर चार जनाको मृत्यु

सिरहा,३ पुस । सिरहामा चिसोका कारण कठाङ्ग्रिएर चार जनाको ज्यान गएको छ ।

बरियारपट्टी गाउँपालिका(५) झिझौलका २५ वर्षका रवीन्द्र यादव, मिर्चैया नगरपालिका(११) गदहवाका २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका(३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल्न नसकेका एक जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।गएको मङ्सिर २२ देखि मङ्सिर २८ गतेसम्मको अवधिमा चार जनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बताउनुभयो । यो अवधिमा चिसो छल्न बालिएको घुरमा आगो ताप्ने क्रममा जलेर अन्य पाँच जना घाइते भएका र विभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।यसैबीच चिसो प्रभावित सुखीपुर नगरपालिका(८ र गोलबजार नगरपालिका(१३ का १५० परिवारलाई स्वदेश लघुवित्त संस्था सुखीपुरले न्यानो कपडा वितरण गरेको छ ।

आजको ट्रेन्डिङ समाचार