लमजुङमा सुन्तला उत्पादन घट्दै, अनेरास्वबियूका केन्द्रीय सह संयोजक तामाङलाई विद्यार्थीले लखेटे | Samacharpati लमजुङमा सुन्तला उत्पादन घट्दै, अनेरास्वबियूका केन्द्रीय सह संयोजक तामाङलाई विद्यार्थीले लखेटे – Samacharpati
Samacharpati
आइतवार, कार्तिक ७, २०७८
  • होमपेज
  • लमजुङमा सुन्तला उत्पादन घट्दै, अनेरास्वबियूका केन्द्रीय सह संयोजक तामाङलाई विद्यार्थीले लखेटे

लमजुङमा सुन्तला उत्पादन घट्दै, अनेरास्वबियूका केन्द्रीय सह संयोजक तामाङलाई विद्यार्थीले लखेटे

लमजुङमा सुन्तला उत्पादन घट्दै, अनेरास्वबियूका केन्द्रीय सह संयोजक  तामाङलाई विद्यार्थीले लखेटे

पोखरा,३ पुस ।
गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा सुन्तला उत्पादनमा वर्षेनी निकै कम हुँदै गएको पाइन्छ । सुन्तलाको बोट पुरानो हुनाका साथै रोग र कीरा लागेका कारण उत्पादनमा वर्षेनी कम हुँदै गएको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ ।कुनै बेला जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन तथा बिक्री गरेर आम्दानी गर्नेमध्येमा १ बेंसीसहर नगरपालिका वडा नं। ११ चिती स्याउतका किसान भगवती पन्त थिइन् । उनी सुन्तला बिक्रीबाट वार्षिक ६ देखि ८ लाखसम्म आम्दानी गर्थिन् ।परिवारसमेत सुन्तलाबाट आएको आम्दानीले राम्रै चल्ने गरेको थियो । अचानक केही वर्षदेखि भने सुन्तला बगैंचामा कीरा लाग्ने र बोट सुक्दै जाने भएकाले कम फल्दै आएको छ । यस वर्ष त मुश्किलले २ लाख मात्रै आम्दानी गरिएको उनले बताइन् । उनी केवल एउटा प्रतिनिधि मात्र मात्रै हुन् । उनी जस्तै जिल्लाका अधिकांश सुन्तला किसानको समस्या उस्तै छ । सुन्तला खेतीमा भविष्य देखेका र बनाउँदै गरेका किसान कीरा र रोगका कारण आम्दानी घटेकामा निराश तथा चिन्तित बनेका छन् ।लटरम्मै फल दिँदै राम्रो आम्दानीको स्रोत बन्दै आएको ती सुन्तलाका बोटले फल दिन नसक्दा साविक जिल्ला कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत स्याउत गाउँमा केही वर्षदेखि सुन्तला उत्पादनमा कम हुँदै गएको छ ।

अनेरास्वबियूका केन्द्रीय सह संयोजक रन्जित तामाङलाई विद्यार्थीले लखेटेका छन् ।सुटुक्क पूर्व माओवादी र क्रान्तिकारीका विद्यार्थी सहित भेला गर्न खोजेपछि म्याग्दी अखिलका कार्यकर्ताहरुले कार्यक्रम विथोलेका थिए ।निधन भएका पूर्व क्रान्तिकारीका नेता यमनाथ पौडेलको श्रदाञ्जली दिन पुगेका उनीले म्याग्दी अनेरास्वबियूसंग समन्वय नगरि गुट भेला गर्न खोजेपछि कार्यक्रम विथोलिएको अनेरास्ववियू बेनी नगर कमिटी संयोजक समिर रोकले जानकारी दिए ।तामाङले पार्टीसंग समन्वय नगरि पूर्व माओवादी नेतासहीत पत्रकार सम्मेलनको तयारी गरेका थिए ।अखिलको झण्डा व्यानर सहीत कार्यक्रम विना कार्यक्रम गर्न तयारी गरेपछि कार्यक्रम स्थल पुगेरै विद्यार्थीहरुले विरोध गरेका थिए ।भनाभानको स्थितीपछि उनलाई प्रहरीले सुरक्षा दिएर कार्यक्रम स्थलबाट बाहिर निकालेको थियो ।अनेरास्ववियू केन्द्रीय सदस्य सुदीन पौडलले कुनै भेला नभइ आफ्ना मन मिल्ने साथीहरुको भेटघाट मात्रै भएको बताए ।आफुहरुसंग समन्वय नगरि हिजो आएर शुक्रवार विहानै पूर्व क्रान्तिकारी र माओवादी बिचको भेला गर्ने तयारी गरेपछि विथोलिएको अनेरास्वबियू म्याग्दी संयोजक सुवास बिश्वकर्माले जानकारी दिए ।

आजको ट्रेन्डिङ समाचार