कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म पुग्नकाे लागि बन्ने भाे केबुलकार | Samacharpati कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म पुग्नकाे लागि बन्ने भाे केबुलकार – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २२, २०७८
  • होमपेज
  • कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म पुग्नकाे लागि बन्ने भाे केबुलकार

कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म पुग्नकाे लागि बन्ने भाे केबुलकार

कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म पुग्नकाे लागि बन्ने भाे केबुलकार

काठमाडौं, ३ पुष । योजना अनुसार काम हुन सके अबको करिब साढे चार वर्षपछि पोखराबाट मुस्ताङको मुक्तिनाथसम्म केबलकारमै जान पाइने भएकाे छ ।

लगानी बोर्डको सहजीकरणमा नेपालको निजी क्षेत्र र विदेशी लगानीकर्ताको पहलमा विश्वकै लामो केबलकारका रूपमा मुक्तिनाथ केबलकार आयोजनाको विस्तृत आयोजना प्रतिवेदन सरकारको हातमा परेको छ ।

मुक्तिनाथ दर्शन प्रालिले केबलकार कसरी र कस्तो बनाउने भन्ने पूर्ण विवरण समेटेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)माथि अहिले लगानी बोर्ड र सरोकारवाला निकायका प्राविधिक तथा पदाधिकारी सम्मिलित टोलीले अध्ययन गर्दैछन् ।

डीपीआर अनुसार कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म ८०/१५ किलोमिटर लामो केबलकार बन्नेछ । प्रतिसेकेन्ड सात मिटरको गतिमा हुइँकिने केबलकारका डिब्बा (गोन्डुला)ले मुक्तिनाथसम्म पुग्न केबल तीन घण्टा ३६ मिनेट लगाउने छ ।

समुद्र सतहदेखि करिब एक हजार मिटरको उचाइबाट सुरु हुने केबलकार तीन हजार सात सय मिटरको उचाइसम्म पुग्नेछ । यसमा १७ वटा खण्ड बनाइने छ भने १९ वटा स्टेसन हुनेछन् ।

कम्पनीका प्रबन्ध सञ्चालक श्रीधर सापकोटाका अनुसार यो यात्रालाई खण्डित रूपमा पनि यात्रुले पूरा गर्न पाउनेछन् ।

आजको ट्रेन्डिङ समाचार