देशभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५० हजार १८० पुग्याे | Samacharpati देशभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५० हजार १८० पुग्याे – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २२, २०७८
  • होमपेज
  • देशभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५० हजार १८० पुग्याे

देशभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५० हजार १८० पुग्याे

देशभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५० हजार १८० पुग्याे

काठमाडौँ, १ पाैष । नेपालमा पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात हजार ११७ जनाको पिसिआर परीक्षण भएकोमा ५८५ पुरुष र ३५१ महिला गरी ९३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५० हजार १८० पुगेको छ ।

अहिले देशभर नौ हजार ८८१ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा एक हजार ९९६ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

यो सहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ३८ हजार ५६९ पुगेको छ । कोरोना निको हुनेदर ९५ दशमलव ३ प्रतिशत रहेको मन्त्रालयले जारी गरेको कोरोनासम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणमा उल्लेख छ ।

नेपालमा हालसम्म १८ लाख ४३ हजार ५८१ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २६४ पुरुष र १७४ महिला गरी ४३८ जना सङ्क्रमित थपिएका छन् ।

थप १४ को मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । योसँगै मृतकको सङ्ख्या एक हजार ७७० पुगेको छ ।

होमआइसोलेसनमा छ हजार १०३ जना छन् । त्यस्तै सघन उपचार कक्ष (आइसियु) मा ३२१ र भेन्टिलेटरमा ४८ जना उपचाररत छन् ।

आजको ट्रेन्डिङ समाचार