संवैधानिक परिषद्को बैठक बेलुका पाँच बजे बस्ने | Samacharpati संवैधानिक परिषद्को बैठक बेलुका पाँच बजे बस्ने – Samacharpati
Samacharpati
बुधबार, साउन १३, २०७८
  • होमपेज
  • संवैधानिक परिषद्को बैठक बेलुका पाँच बजे बस्ने

संवैधानिक परिषद्को बैठक बेलुका पाँच बजे बस्ने

संवैधानिक परिषद्को बैठक बेलुका पाँच बजे बस्ने

काठमाडौं, ३० मंसिर ।  आज बिहान बसेको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक बेलुका पाँच बजेलाई सारिएको छ ।

गणपुरक संख्या नपुगेको भन्दै बैंठक सारिएको हो । प्रधानमन्त्री केपी शर्माले आकस्मात बोलाएको संवैधानिक बैठकको कुनै तयारी नभएको भन्दै सभामुख सापकोटा आजको बैठकमा अनुपस्थित भएको बुझिएको छ । संवैधानिक परिषद्को बैंठकमा अध्यक्ष बाहेक चार जना सदस्य उपस्थित हुनुपर्छ ।

बैठकमा प्रम ओली , कांग्रेसका सभापति देउवा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुनुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता