बिनय र गरिमा अभिनित मनै रुवाउने ”तिम्रै माया लाग्छ” सार्वजनिक | Samacharpati बिनय र गरिमा अभिनित मनै रुवाउने ”तिम्रै माया लाग्छ” सार्वजनिक – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २२, २०७८
  • होमपेज
  • बिनय र गरिमा अभिनित मनै रुवाउने ”तिम्रै माया लाग्छ” सार्वजनिक

बिनय र गरिमा अभिनित मनै रुवाउने ”तिम्रै माया लाग्छ” सार्वजनिक

बिनय र गरिमा अभिनित मनै रुवाउने ”तिम्रै माया लाग्छ” सार्वजनिक

काठमाण्डौं, २८ मङसिर  । बिनय गदालको डेब्यु म्युजिक भिडियो ”तिम्रै माया लाग्छ” सार्वजनिक भएको छ।

परदेशीको पिडा समेटिएको यस गीतमा स्वर उद्दव बिश्वकर्मा र बबिना किरातीको रहेको छ। गीतमा शब्द र संगीत स्वयम गायक उद्दव बिश्वकर्माको नै रहेको छ। यस गीतलाई मनोज खड्काले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा बिनय गदाल र गरिमा शर्माको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। भिडियोमा राम चन्द्र अधिकारी र हरि शरण रसाइलीको समेत अभिनय रहेको छ।

भिडियोमा अजय रेग्मीको छायांकन , पदम सुवेदीको सम्पादन रहेको छ । शिव बिकको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।

कलाकारिताका माध्यमबाट आफुलाई चिनाउने कोसिस स्वरूप अघि बढिरहेका कलाकार गदालले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

आजको ट्रेन्डिङ समाचार