प्रेस युनियन कास्कीद्वारा गण्डकी पार्षद् लौडारीलाई पितृशोक परेकोमा दुःख व्यक्त • Nepal's Trusted Digital Newspaperप्रेस युनियन कास्कीद्वारा गण्डकी पार्षद् लौडारीलाई पितृशोक परेकोमा दुःख व्यक्त • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रेस युनियन कास्कीद्वारा गण्डकी पार्षद् लौडारीलाई पितृशोक परेकोमा दुःख व्यक्त

प्रेस युनियन कास्कीद्वारा गण्डकी पार्षद् लौडारीलाई पितृशोक परेकोमा दुःख व्यक्त

  • आइतवार, मंसिर २८, २०७७
प्रेस युनियन कास्कीद्वारा गण्डकी पार्षद् लौडारीलाई पितृशोक परेकोमा दुःख व्यक्त

पोखरा, २८ मंसिर। नेपाल प्रेस युनियन गण्डकी प्रदेश पार्षद् हिमनिधि लौडारीलाई पितृशोक परेको छ । उहाँका पिता गंगाराम लौडारीको ८७ बर्षको उमेरमा शनिबार निधन भएको हो ।

नेपाल प्रेस युनियन कास्कीले लौडारी परिवारमा परेको पितृशोक प्रति दुःख व्यक्त गरेको छ । अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडेलद्वारा जारी विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

उच्च रक्तचापको कारण पीडित लौडारीलाई उपचारको लागि अस्पताल लैजाने क्रममा निधन भएको परिवार श्रोतले बताएको छ ।

तनहु जिल्ला भानु नगरपालिका वडा नं १० लामास्वाँरा निवासी स्व गंगाराम लौडारीका श्रीमती , दुई छोरा पत्रकार हिमनिधि लौडारी र भरत लौडारी , दुई बुहारी , दुई छोरी र ८ जना नातिनातिना छन् ।

जेठा छोरा हिमनिधि हिमदूत दैनिकका प्रबन्ध सम्पादक, जेठी बुहारी रबीना आले लौडारी प्रेस युनियन कास्कीकी उपाध्यक्ष एवं रेडियो तरंगकी स्टेसन मेनेजर र अर्का छोरा भरत लौडारी प्रेस युनियन कास्कीका साधारण सदस्य हुन्।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका