गण्डकी प्रदेशमा १०३ काेराेना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या १३०७९ पुग्याे | Samacharpati गण्डकी प्रदेशमा १०३ काेराेना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या १३०७९ पुग्याे – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशमा १०३ काेराेना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या १३०७९ पुग्याे

गण्डकी प्रदेशमा १०३ काेराेना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या १३०७९ पुग्याे

गण्डकी प्रदेशमा १०३ काेराेना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या १३०७९ पुग्याे

पाेखरा, २५ मङसिर । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १३०७९ पुगेकाे छ । भरतपुर अस्पताल चितवन तथा क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा ७ जना काेराेना संक्रमित थपिएका छन् ।

थपिने काेराेना संक्रमित तनहुँका १ जना, पर्वतका ३ जना, कास्कीका १ जना, मुस्ताङका १ जना, स्याङजाका १ जना गरि ७ जना रहेका छन् ।

क्षयराेग उपचार केन्द्र पाेखरामानै गरिएकाे परिक्षणमा ३१ जना काेराेना संक्रमित थपिएका छन् । थपिने काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिकाका १८ जना, गाेरखाका ६ जना, लमजुङका ७ जना गरि ३१ जना रहेका छन् ।

थपिएका ३१ काेराेना संक्रमित सबै कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् ।

पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा १० जना संक्रमित थपिएका छन् । थपिने संक्रमित स्याङजाका १ जना, तनहुँका १ जना, कास्कीका ८ जना गरि १० जना रहेका छन् ।

थपिने काेराेना संक्रमित सबै पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखराकाे फिभर किल्नीकबाट पहिचान भएका हुन् ।

क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा २३ काेराेना संक्रमित थपिएका छन् । थपिने काेराेना संक्रमित कास्कीका ५ जना, बाग्लुङका ६ जना, लमजुङका ११ जना, नवलपरासी पूर्वका १ जना गरि २३ जना रहेका छन् ।

थपिने काेराेना संक्रमित सबै कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् ।

लाइफ केयर डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षणमा ३२ जना काेराेना संक्रमित थपिएका छन् । थपिने काेराेना संक्रमित बाग्लुङका १ जना, तनहुँका २ जना, कास्कीका २९ जना गरि ३२ जना रहेका छन् ।

थपिने काेराेना संक्रमित सबै थपिने काेराेना पाेखराका विभिन्न अस्पताल मार्फत काेराेना संक्रमण परिक्षणका लागि नमुना संकलन गरि पठाइएकाे हाे ।

आजको ट्रेन्डिङ समाचार