पर्यटकीय साझेदारीमा विश्वास जगाउँदै सकियो धार्मिक यात्रा | Samacharpati पर्यटकीय साझेदारीमा विश्वास जगाउँदै सकियो धार्मिक यात्रा – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • पर्यटकीय साझेदारीमा विश्वास जगाउँदै सकियो धार्मिक यात्रा

पर्यटकीय साझेदारीमा विश्वास जगाउँदै सकियो धार्मिक यात्रा

पर्यटकीय साझेदारीमा विश्वास जगाउँदै सकियो धार्मिक यात्रा

वासुदेव पौडेल, पोखरा, २५ मङसिर । कोरोनाका कारण थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ नेपाल पर्यटक यातायात व्यवयासी संघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड, पोखराको सहकार्यमा सञ्चालित तीन दिने धार्मिक
पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमण सम्पन्न भएको छ ।

गत सोमबारदेखि बुधबारसम्म पाल्पाको तानसेन, नवलपरासीको रामग्राम, नवलपुरका त्रिवेणीधाम, गजेन्द्रमोक्षधाम, सास्वत धाम, कैलाश आश्रम, चितवनको वाल्मिकी आश्रम, तनहुँको देवघाट लगायतका स्थानको भ्रमण एवम् सरोकारवालासँगको छलफलले आगामी दिनमा ती स्थानमा पर्यटकीय साझेदारी बढ्ने विश्वास जगाएको नेपाल पर्यटक यातायात व्यवसायी सब्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजंग गुरुबले बताउनुभयाे ।

“हाम्रो तीन दिने परिचयात्मक भ्रमण निकै उपलब्धिमुलक बनेको छ,” उहाँले भन्नुभयाे, “नवलपुरका धेरै धार्मिक पर्यटकीय गन्तव्य पर्याप्त सम्भावनाका बाबजुद ओझेलमा परेको पायौं ।” नवलपुरका धार्मिक स्थललाई गण्डकी प्रदेशका अन्य धार्मिक स्थलसँग जोड्दै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सके महत्वपूर्ण उपलब्धि हासिल हुने उहाँले धारणा राखे ।

गण्डकी प्रदेशका भ्रमण वर्ष २०१९–२२ का संयोजक जुद्धबहादुर गुरु बले भ्रमणका क्रममा नवलपुरको पर्यटकीय विकासका धेरै सम्भावना पाइएको बताउनुभयाे। गण्डकी प्रदेश सरकारले नवलपुरको समग्र विकासका लागि पनि प्राथमिकतामा राखेको बताउँदै उहाँले सम्भावनाको उजागर गर्दै अघि बढ्ने उल्लेख गर्नुभयाे ।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष डम्बरबहादुर केसीले ऐतिहासिक धार्मिक स्थललाई त्यहाँको मौलिकता कायम गर्ने गरी विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयाे । अर्का पूर्व अध्यक्ष सोमबहादुर थापाले चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका नाममा देखिएको समस्यासँगै त्रिवेणीवासीलाई आफ्नै सदरमुकाम जान पनि लामो बाटो हुँदै प्रदेश नं ५ मा पुगेर आउनुपर्ने
समस्यालाई दीर्घकालिन समाधान गर्नुपर्ने बताउनुभयाे ।

भ्रमणका क्रममा नवलपुरका धेरै पर्यटकीय सम्भावना पाइएको उहाँले बताउनुभयाे । परिषद्का निवर्तमान अध्यक्ष चिरञ्जिवी पोखरेलले भ्रमणले पोखरासँग नवलपुरको पर्यटकीय साझेदारीमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउँदै यहाँका धार्मिक पर्यटकीय स्थलको प्रवद्र्धन अपरिहार्य भएको उल्लेख गर्नुभयाे ।

पोखराको भ्रमण टोलीसँग विभिन्न स्थानमा भएका अन्तरक्रियामा नवलपुरको विनय त्रिवेणी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष प्रितम गुरुब, गजेन्द्रमोक्षाश्रम धामका कृष्ण प्रपन्नाचार्य, होटेल व्यवसायी सब्घ नवलपुरका अध्यक्ष सन्तोष राना मगर, उपाध्यक्ष प्रकाश कुँवर, नन्दपुर मिलिजुली होमस्टेका अध्यक्ष ताराप्रसाद चौधरी लगायतले भ्रमणले पर्यटनमा साझेदारीका धेरै सम्भावना बढाएको बताउनुभयो ।

त्रिवेणी धामदेखि मुक्तिनाथसम्मका धार्मिक पर्यटकीय स्थललाई समेट्दै विकास गर्न सकेमा राम्रो उपलब्धि हासिल हुने धारणा राख्दै उहाँहरूले आवागमन सहज बनाउन सडक सञ्जाल जाँडै जोडिनुपर्ने बताउनुभयाे ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्तीका कारण देखिएको समस्यालाई राज्यस्तरबाट चाँडै समाधान खोजिनुपर्नेमा उनीहरूको सामूहिक माग छ । भ्रमणका क्रममा प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अघि बढीने बताउँदै सब्घका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक बाबुराम पाण्डेले यसको प्रतिवेदन तयार गरिने उल्लेख गर्नुभयाे ।

भ्रमण टोलीलाई गत सोमबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले पोखराको
तालबाराहीबाट व्यानर हस्तान्तरण गरी विदाई गरेका थिए । उक्त क्रममा उहाँले कोरोनाका कारण सिथिल बनेको पर्यटनलाई चलायमान बनाउन भ्रमण उपलब्धिमुलक बन्ने विश्वास व्यक्त गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार