पोखरा सिमरा सिधा हवाइ सेवामा जोड | Samacharpati पोखरा सिमरा सिधा हवाइ सेवामा जोड – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २२, २०७८
  • होमपेज
  • पोखरा सिमरा सिधा हवाइ सेवामा जोड

पोखरा सिमरा सिधा हवाइ सेवामा जोड

पोखरा सिमरा सिधा हवाइ सेवामा जोड

विरगंज, २५ मंसिर । कोभिड  १९ बाट मुर्छित् पर्यटनलाई जगाउने उद्देश्यले संचालित जाउँ है पोखरा अभियान अन्तर्गत विरगंजमा बुधबार आयोजित कार्यक्रममा सिमरा पोखरा सिधा हवाई उडानमा जोड दिइएको छ ।

पश्चिमान्चल होटल संघ पोखराद्वारा संचालित चार दिने सो अभियानको १५ सदश्यीय टोलीसँग विरगंज उद्धोग वाणिज्य संघले औद्धोगिक नगरी विरगंजमा एक अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

कार्यक्रममा पश्चिमान्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले उल्लेखित दुई शहर विच सिधा हवाई सेवा सुरु भए भारतीय तथा स्थानीय पर्यटकलाई पोखरा पुग्न धेरै सहज हुने भनाई राख्नुभयाे ।

विरगंज उद्धोग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्धोग वाणिज्य महासंघका कार्यकारी सदस्य गोपाल केडियाले हप्तामा कम्तिमा एक एकवटा भए पनि दुई शहर विच उडान हुन जरुरी भएको भनाई राख्नुभयाे । उडानमा घाटा भए हामी क्षतिपूर्ती वहन गरिदिन तयार छौं, उहाँले भन्नुभयाे ।

तत्कालिन पर्यटन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारी र गण्डकी प्रदेशका उद्धोग, पर्यटन, बन तथा वातावरण मान्त्री विकास लम्सालले समेत सिधा उडानको कुरा गरे पनि कार्यान्वयन नहुनु दुखद भएको विरगंजका व्यवसायीले गुनासो गरेका छन् ।

प्रदेश २ का उद्दोग, पर्यटन, बन तथा वातावरण राज्य मन्त्री सुरेशकुमार मण्डलले उद्धोग, पर्यटन र कृषिलाई आफ्नो प्रदेशले विशेष जोड दिएको भन्दै होटल संघको प्रबर्द्धनात्मक अभियान प्रशंसायोग्य भएको बताउनुभयाे ।

विरगंज र जनकपुर धार्मिक र अन्य पर्यटनको हिसावले समेत महत्वपूपुर्ण भएको भन्दै उहाँले प्रदेश २ सरकार गण्डकी प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयाे। जनकपुर र पोखरा हवाई सेवाले जोड्ने निर्णय भईसकेको दावी उहाँले कार्यक्रममा सुनाउनुभयाे ।

पोखरेली पर्यटनबारे थप प्रस्ट्याउँदै अध्यक्ष तुलाचनले आन्तरिक पर्यटनको माहोल सिर्जना गर्न जाउँ है पोखरा अभियान तत्कालिन अवस्थामा सुरु गरिएको र सधैं अब कोरोना भनेर व्यवसाय र प्रबर्द्धन ठप्प राख्दा जीवन चल्न नै कठीन हुन थालेको भन्दै भ्रमणको सुरुवात पुनः आफैंबाट गरेको बताउनुभयाे ।

विरगंज अपार संभावना बोकेको शहर भएको स्मरण पनि तुलाचनले सो अवसरमा गराउनुभएकाे थियाे । संकटको यो घडीमा पर्यटनलाई पुनर्जीवन दिन पोखराको पर्यटकीय सेवा सुविधामा ५० प्रतिशत सम्म छुट सहितको मूल्य निर्धारण गरिएको पनि अध्यक्ष तुलाचनले जानकारी दिनुभयाे ।

विरगंज उद्धोग वाणिज्य संघका उपाध्यक्ष एबं नेपाल उद्धोग वाणिज्य महासंघका कार्यकारी सदस्य सुवोधकुमार गुप्ताले कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।

यसअघि बुधबार नै पर्सा राष्ट्रिय निकुन्जमा अभियानको टोलीलाई स्वागत गरिएको थियो । सो अवसरमा बोल्दै अभियानका संयोजक एवं होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले पर्यटनका लागि प्रबर्द्धन र पहुँच अति आबश्यक पर्ने भन्दै नेपाली पनि पर्यटक हुन सक्ने अवधाराणासहित अभियानको थालनी गरिएको जानकारी दिनुभयाे।

सिमरा र पोखरा हवाई सेवाले जोडिए त्यस्तो पहुँचमा ठूलो फड्को हुने भनाई उहाँको थियो । स्थानीय होटल संघका अध्यक्ष मोहन शर्मा, सहायक संरक्षण अधिकृत रमेश यादव, रेन्जर प्रकाश पुन र व्यवसायी प्रकश लम्सालले पनि सो अवसरमा भनाई राख्नुभएकाे थियाे ।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य विप्लव पौडेल र पश्चिमान्चल होटल संघ पोखराका सल्लाहकार हरि शर्मा गैह्रे पनि अभियानको टोलीसँगै  रहनुभएकाे छ ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा यसपटक बुधबारबाट सुरु गरिएको अभियान अन्तर्गत सिमरा, विरगंज, जनकपुर, बिराटनगर र चितवन जस्ता शहर समेटिएको छ । ती शहरमा पत्रकार सम्मेलन र अन्तरक्रिया कार्यक्रम आयोजना तथा पोखरा सम्बन्धी प्रबर्द्धनात्मक सामग्री वितरण जस्ता कार्यक्रम पनि रहेका छन् ।

आजको ट्रेन्डिङ समाचार