गण्डकी प्रदेशका ६ जिल्लाबाट थपिए ५८ काेराेना संक्रमित | Samacharpati गण्डकी प्रदेशका ६ जिल्लाबाट थपिए ५८ काेराेना संक्रमित – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १०, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशका ६ जिल्लाबाट थपिए ५८ काेराेना संक्रमित

गण्डकी प्रदेशका ६ जिल्लाबाट थपिए ५८ काेराेना संक्रमित

गण्डकी प्रदेशका ६ जिल्लाबाट थपिए ५८ काेराेना संक्रमित

पाेखरा, २३ मङसिर । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १२८७० पुगेकाे छ । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा गरिएकाे परिक्षणमा  गण्डकी प्रदेशमा १६ जना संक्रमित थपिएका छन् ।

थपिने काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिकाका ४ जना, बाग्लुङका ८ जना, लमजुङका १ जना, पर्वतका १ जना,

स्याङजाका १ जना, तनहुँका १ जना गरि  १६ जना रहेका छन् ।  थपिएका काेराेना संक्रमित पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखराकाे फिभर किल्नीकबाट पहिचान भएका हुन ।

लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा  ४२ जना काेराेना संक्रमित थपिएका छन् ।

थपिने काेराेना संक्रमित लमजुङका १ जना, कास्की पाेखरा महानगरपालिकाका ४१ जना  गरी ४२ जना रहेका छन् । थपिने सबै संक्रमित  लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा लि पाेखरामा पाेखराका विभिन्न अस्पताल मार्फत काेराेना परिक्षणका लागि नमुना संकलन गरि पठाएकाे हाे ।

आजको ट्रेन्डिङ समाचार