कागजी किसानको बिग्बीगी वास्तविक किसान ओझेलमा | Samacharpati कागजी किसानको बिग्बीगी वास्तविक किसान ओझेलमा – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २२, २०७८
  • होमपेज
  • कागजी किसानको बिग्बीगी वास्तविक किसान ओझेलमा

कागजी किसानको बिग्बीगी वास्तविक किसान ओझेलमा

कागजी किसानको बिग्बीगी वास्तविक किसान ओझेलमा

कर्णबहादुर रोकाया, हुम्ला, २३ मङसिर । स्पष्ट नीगिगत प्रावधान नहुँदा हुम्ली किसानका लागि आएको सेवा सुविधा र अनुदान रकम कागजी किसानहरुले हसुर्ने गरेका छन् । यसबाट वास्तविक किसान मर्कामा परेका छन् ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लामा कृषि, वन तथा पुश सम्बन्धी उद्योगहरु करीब १५ सय उद्योग दर्ता भएको जानकारी उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख ध्र्रुव बाठाले जानकारी दिनुभएकाे छ ।

यसै गरी विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले गठन गरेको विभिन्न प्रकारका समुहहरु हुम्लाभरी करीब तीन हजारभन्दा धेरै रहेका छन् भने सहकारी पनि सयौंको संख्यामा भएको जिल्ला सहकारी संघको तथ्यांकले देखाएको छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लामा रहेको यो आंकडाले हुम्लामा विभिन्न प्रकारका रैथाने तथा अन्य बालीनालीहरु, विभिन्न फलफुल र तरकारीहरु पनि सर्व सुलभ पाइनु पर्ने भए पनि मौसमी अवस्था बाहेक अरु समयमा खोज्न पनि गाह्रो हुने सिमकोट ७ का धनमल शाहीको मत रहेको छ ।

यसबाट धेरैले खेती किसानी काममा प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउनु पर्नेमा कागजमा मात्रै सीमित देखिने गरेको नयाँ पत्रिका दैनिकका हुम्ला संवाददाता नरजंग तामांगको भनाई रहेको छ ।

बहुदल आएपछि सरकारले विभिन्न समयमा विभिन्न प्रकारका कृषि, वन तथा पशुका कार्यक्रमहरु ल्याएर कृषि जीवन पद्धतिलाई सहज बनाउन प्रयास गरे पनि नीतिगत तथा विधिगत तारतम्य नमिल्दा यस्तो अवस्था आएको हुम्ली अगुवाहरुको भनाई रहेको छ ।

वर्षेनी सूचना निकालेर कागजी प्रक्रिया पुरा गर्दा कार्यक्रमभन्दा पनि त्यसका लागि तयारी खर्च धेरै हुने गरेको र विभिन्न प्रकारका दस्तावेजहरु स्थलगत र फिल्डमा भेरीफाई नगर्दा तिमी पनि खुशी हामी पनि खुशी भन्ने मान्यताले गर्दा एकातिर काजगी किसानको बिग्बीगी बढ्दै गएको छ भने अर्कातिर वास्ताविक किसान ओझेलमा पर्ने गरेको कृषि विकास कार्यालय र अन्य सरोकार कार्यालयहरुले पनि स्वीकार गरेका छन् ।

आजको ट्रेन्डिङ समाचार