राजावादीको प्रदर्शन बढेपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाए | Samacharpati राजावादीको प्रदर्शन बढेपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाए – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • राजावादीको प्रदर्शन बढेपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाए

राजावादीको प्रदर्शन बढेपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाए

राजावादीको प्रदर्शन बढेपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाए

काठमाण्डौ ,२२ मंसिर ।प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

समसामयिक राजनीतिक अवस्था, कोरोना रोकथामको लागि आगामी कदम र अन्य राष्ट्रिय राजनीतिसँग जोडिएको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले मङ्गलबार भोलि बिहान ११ बजे सर्वदलीय बैठक बोलाउनुभएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिनुभयो ।

पछिल्लो समय देशभरि भइरहेको राजावादीको प्रदर्शनका विषयमा बढी केन्द्रित भएर प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्न लागेको सचिवालयले जनाएको छ ।सरकारले गरेका विभिन्न निर्णय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपासहित प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि असन्तुष्टि जनाउँदै आएका छन् । बैठकमा प्रधानमन्त्रीले प्रतिपक्षी दलको असन्तुष्टिलाई पनि सम्बोधन गर्ने तयारी छ ।भारतले मिचेको नेपाली भूमि समेटेर नक्सा जारी गर्ने विषयमा गएको वैशाख ३१ गते प्रधानमन्त्रीले सर्वदलीय बैठक डाक्नुभएको थियो, त्यसयता सर्वदलीय बैठक बसेको छैन ।

आजको ट्रेन्डिङ समाचार