अन्नपूर्ण उत्तरी बेस शिविर ट्रेकिंग र अन्वेषण कार्यक्रम, परिचित यात्रा सम्पन्न | Samacharpati अन्नपूर्ण उत्तरी बेस शिविर ट्रेकिंग र अन्वेषण कार्यक्रम, परिचित यात्रा सम्पन्न – Samacharpati
Samacharpati
बिहिबार, अशोज २८, २०७८
  • होमपेज
  • अन्नपूर्ण उत्तरी बेस शिविर ट्रेकिंग र अन्वेषण कार्यक्रम, परिचित यात्रा सम्पन्न

अन्नपूर्ण उत्तरी बेस शिविर ट्रेकिंग र अन्वेषण कार्यक्रम, परिचित यात्रा सम्पन्न

अन्नपूर्ण उत्तरी बेस शिविर ट्रेकिंग र अन्वेषण कार्यक्रम, परिचित यात्रा सम्पन्न

पाेखरा, २१ मङसिर । टेकिङ्ग एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रिय संघ, पोखराको आयोजना , अन्नपुर्ण गाउँपालिका, म्याग्दीको सहकार्यमा तथा नेपाल पर्यटन बोर्डको प्रबर्धनमा November,  2020 November,  2020 देखि ६ रात ७ दिनको Annapurna North Base  camp Trekking & Exploration Program, Familiarization Tour  मंसीर २० गते सम्पन्न गरि फर्किएको छ ।

यो टेकको प्रवद्र्धनका लागी टानका प्रतिनिधीहरु , नेपाल पर्यटन बोर्डका प्रतिनिधी ,पत्रकार, पेशागत पथप्रदर्शक ,स्थानीय अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष क्या.डमबहादुर गुबुर्जा पुन सहित ३० जनाको सहभागिता रहेको टोली मङ्सिर १४ गते आधार शिविरतर्फ पुगि फकिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारी भएको छ । आठ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका नागरिक मौरिज हर्गोजको नाममा स्थापना भएको पदमार्ग सञ्चालनका लागि तयारीमा आउनेछ ।

हिमाल आरोहण भएको ७० वर्षपछि आधार शिविरलाई आधारभूतस्तरको पदमार्गले जोडेर पर्यटक भित्र्याउन प्रचारप्रसार र प्रवद्र्धनमा जुटेको गाउँपालिकाका अध्यक्ष पुनले जानकारी दिए। गाउँपालिकाले नारच्याङबाट आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने पदमार्गलाई ‘मौरिज हर्गोज ट्रेल’ नामकरण गरेको छ ।

उपल्लो नारच्याङमा अन्न्नपुर्ण गाउपालिका ,म्याग्दीले आयोजना गरिएको अन्र्तरक्रिया कार्यक्रममासो गाउपालिकाका अध्यक्ष क्या.डमबहादुर गुबुर्जा पुन“ नेपाल भ्रमण वर्ष २०२० को अवसरमा यो पदमार्ग सञ्चालन गर्ने तयारी भएतापनि कोरोनाले प्रभावित बनायो अब आउने पर्यटकलाई अन्नपूर्ण आधार शिविर भित्र्याउन पर्यटन व्यवसायीसँग सहकार्य गरि नारच्याङबाट मिस्त्रीखोलाको किनारैकिनार आधार शिविर जोड्ने पदमार्ग तयार रहेको उहाँले बताउनु भयो ।

सो कार्यक्रममा टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष सुशीलराज पौडेलले मौरिजकालीन जस्तै कठिन र ‘वाइल्ड’ रहेकाले अन्नपूर्ण प्रथमको आधार शिविर पदयात्रामा नयाँ ‘ब्राण्ड’ हुने पुराना पदमार्ग सडकले विस्थापित भएका छन् थप पूर्वाधार निर्माणसँगै प्रचारप्रसार गरेर सडकका कारण छोटिएको पदयात्रा पर्यटनलाई यसतर्फ आकर्षित गराउन सकिने उहाँले बताउनु भयो ।

छोटो समयमा पोखरा देखि नजिकको पदयात्रा क्षेत्रमा क्याम्पीङको अबधारणा सहित टेकिङ व्यबसाय संचालन गरि बैकल्पीक पदयात्रा मार्गको बिकास गरि ब्यबसायीक लाभ उठाउन सक्नेछन् । कार्यक्रमको संयोजन टानका सहसचिब तथा पदयात्रा खोज तथा अनुसन्धान समिति संयोजक रेशम अधिकारीले गर्नु भएको थियो ।

 

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता