कोरोना खोप प्रयोगको स्वीकृति दिनेमा बहराइन दोस्रो देश | Samacharpati कोरोना खोप प्रयोगको स्वीकृति दिनेमा बहराइन दोस्रो देश – Samacharpati
Samacharpati
बिहिबार, अशोज २८, २०७८
  • होमपेज
  • कोरोना खोप प्रयोगको स्वीकृति दिनेमा बहराइन दोस्रो देश

कोरोना खोप प्रयोगको स्वीकृति दिनेमा बहराइन दोस्रो देश

कोरोना खोप प्रयोगको स्वीकृति दिनेमा बहराइन दोस्रो देश

काठमाडौं,  २१ मङसिर । बेलायतपछि बहराइनले पनि कोरोना खोप प्रयोगको स्वीकृति दिएको छ । बहराइनले कोरोना भाइरस विरुद्ध बनाइएको खोप आपतकालीन अवस्थामा प्रयोग गर्न स्वीकृति दिएको  हाे ।

बहराइन आपतकालीन अवस्थामा प्रयोग गर्न स्वीकृति दिनेमा बहराइन दोस्रो देश बनेको हो । फिजर र यसैको जर्मन साझेदार विओनटेकले बनाएको खोप आपतकालीन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्वीकृति दिएको हो । यसअघि बुधबार बेलायतले यही खोप आपतकालीन अवस्थामा प्रयोग गर्न स्वीकृति दिइसकेको छ ।

त्यहाको सरकारले देशको राष्ट्रिय स्वास्थ्य नियमक निकायले सवै कुरा अध्ययन गरेर यसलाई आपताकालिन अवस्थामा प्रयोग गर्न सकिने सिफारिस गरेपछि स्विकृत दिएको हो ।

झण्डै १६ लाख जनसंख्या रहेको मुलुक बहराईनमा अहिलेसम्म कोरोनाभाइरसबाट ८७ हजार जना सङ्क्रमित भएका छन् भने ३४१ जनाको मृत्यु भएको छ ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता