पर्सामा आँखा निकालिएकाे अवस्थामा नहरको किनारमा युवकको शव फेला | Samacharpati पर्सामा आँखा निकालिएकाे अवस्थामा नहरको किनारमा युवकको शव फेला – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २२, २०७८
  • होमपेज
  • पर्सामा आँखा निकालिएकाे अवस्थामा नहरको किनारमा युवकको शव फेला

पर्सामा आँखा निकालिएकाे अवस्थामा नहरको किनारमा युवकको शव फेला

पर्सामा आँखा निकालिएकाे अवस्थामा नहरको किनारमा युवकको शव फेला

वीरगन्ज,  १७  मङसिर । पर्सामा आँखा निकालेर फालिएको अवस्थामा नहरको किनारमा युवकको शव फेला परेको छ । शब फेला  पर्नेमा लिकाई गाउँपालिका १ तिनडोबिया टोल निवासी अबुलैस राउत गद्दीको २६ वर्षीय छोरा मामुल राउत गद्दी भन्ने नामुल हुसेन रहेका छन् ।

उनी तीन दिन देखी बेपत्ता भएका थिए । छिमेकी साथी बलिराम पटेलको विवाहमा भिखमपुर स्थित जन्ती जान भनेर आफ्नै दुईजना साथीले घरबाट बोलाएर ल्याएको जन्ती स्थलमा नपुगी त्यस दिनदेखि नै उनी बेपत्ता भएका थिए । बेपत्ता भएका उनको शब नहरमा फेला परेको हो ।

गद्दीको दाहिने आँखा निकालिएको छ । रिसिवीको कारण जन्ती जाने बहानामा घरबाट बोलाएर हत्या गरिएको अनुमान प्रहरीले गरेको छ । गद्दीको शवलाई स्थानीय नागरिकहरुले खेतमा जाँदा नहरमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार