पाेखरा, १७ मङसिर । पोखरामा रगतको अभाव देखिए पछि विभिन्न स्वयमसेवी संस्थाले खुला रक्तदानको तयारी गरेका छन् । कार्यक्रममा धेरै भन्दा धेरै रगत संकलन गरी कोरोना महामारीमा देखिएको रगत अभावलाई थोरै भए पनि राहत प्रदान गर्न क्रियाशील रहेको लायन्स क्लब अफ पोखरा हेरिटेजका अध्यक्ष ओम उपाध्यायको भनाइ रहेको छ ।
स्वतन्त्र पत्रकार संघ कास्की, लायन्स क्लब अफ पोखरा हेरिटेज, सेन्ट्रल गार्डनको सहकार्य र रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको स्वतन्त्र पत्रकार संघ कास्कीका सचिव सुरेशराज अधिकारी बताउनुहुन्छ।
यही मंसिर २० गते पोखरा नगरपालिका अगाडि खुला रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक दिनेश गुरुङले जानकारी दिनुभयाे ।
प्रत्येक स्वस्थ मान्छेले तीन–तीन महिनामा रगत दान गर्नु शरीरका लागि पनि फाइदाजनक रहेकाले खेर जाने भएकाले रगत दान गर्न योग्य सम्पूर्णलाई कार्यक्रममा सहभागी हुन लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनका संस्थापक अध्यक्ष हरि भाटले आग्रह गनुभएकाे छ ।