सहयोग गरेर मनायो लायन्स क्लब अफ पोखरा पिस सिटीले नवौं स्थापना दिवस | Samacharpati सहयोग गरेर मनायो लायन्स क्लब अफ पोखरा पिस सिटीले नवौं स्थापना दिवस – Samacharpati
Samacharpati
आइतवार, कार्तिक ७, २०७८
  • होमपेज
  • सहयोग गरेर मनायो लायन्स क्लब अफ पोखरा पिस सिटीले नवौं स्थापना दिवस

सहयोग गरेर मनायो लायन्स क्लब अफ पोखरा पिस सिटीले नवौं स्थापना दिवस

सहयोग गरेर मनायो लायन्स क्लब अफ पोखरा पिस सिटीले नवौं स्थापना दिवस

पाेखरा, १४ मङसिर । सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ पोखरा पिस सिटीले आफ्नो नवौं स्थापना दिवसमा विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गर्दै मनाएको छ ।

क्लबले शनिबार तनहुँको भिमाद नगरपालिका वडा नं २ टेक्रेस्थित वालविकास माध्यमिक विद्यालयमा सहयोग गर्दै स्थापना दिवस मनाएको हो ।

लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपाल अन्तर्गतको क्लबले विद्यालयका कक्षा १ देखि १० सम्म अध्ययनरत २०३ जना विद्यार्थीलाई ट्रयाकसुटका साथै स्टेशनरी र खेलकुदका सामग्री वितरण गरेको हो ।

क्लबले विगत केहि वर्ष यता स्थापना दिवस अनावश्यक खर्च गर्ने क्रमलाई परिवर्तन गर्दै विभिन्न सामाजिक काम गरी मनाउंदै आएको क्लबका पूर्व अध्यक्ष एवम् कार्यक्रम संयोजक टंकराज अधिकारीले जानकारी दिनुभयाे ।

सोही अवसरमा बाबा फाउण्डेशन नेपालद्वारा उपलब्ध गराईएको स्टेशनरी सामग्री पनि वितरण गरिएको थियो।फ्राउण्डेशनले  विगत पाँच बर्षदेखि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउदै आएको छ ।

कार्यक्रममा भिमाद नगरपालिकाका नगर प्रमुख मेखबहादुर थापाले फजुल खर्च गरी स्थापना दिवस मनाउनुभन्दा यस्ता कार्यका माध्यमबाट मनाउँदा सामाजिक योगदानका साथै अरुका लागि पनि अनुकरणीय बन्ने धारणा राख्नुभयाे ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख पदमराज अचार्यले शिक्षाको गुणस्तरीयता अहिलेका आवश्यकता भएको बताउँदै त्यस तर्फ केन्द्रित बन्न विद्यालयलाई सुझाव दिनुभयाे । संविधानले मौलिक हकका रुपमा शिक्षालाई उल्लेख गरेको चर्चा गर्दै
उहाँले यसको प्रभावकारी कार्यान्वय हुनुपर्नेमा जोड दिनुभयाे ।

क्लबले सामाजिक सेवाका क्षेत्रमा आँफूलाई अघि बढाइरहेको बताउँदै क्लबका अध्यक्ष रामप्रसाद अधिकारी र संस्थापक अध्यक्ष सुदीपराज ढुब्गानाले विद्यालयमा यस अघि पुस्तकालय स्थापना लगायतमा पनि सहयोग गरेको
जानकारी दिनुभयाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईमानसिंह थापा, प्रधानाध्यापक रामजी सिग्देल लगायतले व्यक्तिगत रूपमा सहयोग सङ्कलन गरी क्लबको नाममा विद्यालयमा आवश्यक सामग्री उपलब्ध गराएकोमा क्लब परिवार र बाबा फाउण्डेशन नेपालप्रति आभार व्यक्त गर्नुभयाे ।

उक्त अवसरमा क्लबका संस्थापक अध्यक्ष ढुङ्गानाले क्लबका पूर्व अध्यक्षहरू, विद्यालयका प्रधानाध्यापक तथा अध्यक्ष लगायतलाई सम्मान गर्नुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार